भारतीय चन्द्रयानबाट कुनै ‘सिग्नल’ आएन
भारत । भारतको अन्तरिक्ष अनुसन्धान निकाय इसरोले चन्द्रमामा रहेको चन्द्रयानबाट सिग्नल प्राप्त नभएको जनाएको छ । इसरोले नयाँ चन्द्रदिन सुरु हुनेबित्तिकै चन्द्रमामा रहेको ल्यान्डर र रोभरलाई सम्पर्क गर्ने प्रयास गरिरहेको बताएको छ । इसरोको चन्द्रयान–३ गत अगस्टमा चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण भएको थियो । चन्द्रयानले यसअघि १० दिन त्यहाँको तस्बिर र डेटा संकलन गरेर पठाएको थियो ।
वैज्ञानिकहरुले चन्द्रमामा सूर्यास्त हुनलाग्दा विक्रम र प्रज्ञानलाई निष्क्रिय राखेका थिए । ल्यान्डर र रोभरको ब्याट्री चार्ज गर्न सूर्यको उज्यालो चाहिने भएपछि निष्क्रिय राखेका थिए । चन्द्रमामा सूर्य उदाउँदा ब्याट्रीहरु रिचार्ज हुने र विक्रम र प्रज्ञान पुनः जागृत हुने विश्वास गरिएको थियो । तर अहिले चन्द्ररातमा अत्यधिक चिसो हुनेभएकाले ब्याट्रीमा क्षति पु-याएकोे अनुमान गरिएको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- ज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
- सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध १० उजुरी
- ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ: प्रधानमन्त्री दाहाल
- विदेशको जागिर छाडेर नेपालमै पशु तथा मौरीपालन
- विमानस्थल निर्माणका लागि धरानमा अध्ययन सुरु
- सेयर बजार करेक्सन, सुचक तथा कारोबार रकम दुबै बढ्यो
- सरकारलाई राष्ट्रिय सूचना आयोगको प्रतिवेदन बुझाइयो
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया