पेट्रोल भण्डारमा आगो लाग्दा ३५ जनाको मृत्यु
एजेन्सी । अफ्रिकी मुलुक बेनिनको दक्षिणपूर्वी ओउमे क्षेत्रमा गैरकानुनी ढङ्गले सञ्चालन गरिएको पेट्रोल भण्डार गृहमा आगो लाग्दा एक जना शिशुसहित कम्तीमा ३५ जनाको मृत्यु भएको छ भने १० जनाभन्दा बढी गम्भीर घाइते भएका छन् ।
बेनिनको आन्तरिक तथा सार्वजनिक सुरक्षा मन्त्रालयका अनुसार शनिबार भएको उक्त आगलागीमा ३५ जनाको जीवन समाप्त भएको छभने १२ जना गम्भीर घाइते भएका छन् । पेट्रोल भण्डार गरिएको स्थान वरपरका घरसमेत जल्दा भौतिक क्षति पनि धेरै भएको छ । इन्धन सञ्चय गरिएको स्थानमा आगो लाग्दा ठूलो विष्फोटको आवाज सुनिएको थियो । दुर्घटनाबारे जानकारी पाउनेबित्तिकै वारुणयन्त्र, प्रहरी र स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको थियो ।
बेनिनमा तस्करी गरिएको पेट्रोल देशको पूर्वी छिमेक नाइजेरियाबाट आउने गरेको छ । नाइजेरिया अफ्रिकाको प्रमुख तेल उत्पादक देश हो जहाँ इन्धन धेरै सस्तो छ । मुनाफा कमाउने उद्देश्यले धेरैले गैरकानुनीरुपमा इन्धन भण्डारण गर्दा बेलाबेलामा बेनिन र नाइजेरियामा पनि यस्ता अकल्पनीय दुर्घटना हुने गरेका छन् । यसैबीच, बेनिनको कानुन मन्त्रालयले दुर्घटनाको छानबिन थालेको बताएको छ । रासस
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहाकार रहिबल गजुरेलद्वारा राजिनामा
- एनसेल खरिदबिक्री सम्बन्धमा समितिले थाल्यो अध्ययन
- अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
- देशमा सुशासन कायम गर्न शान्ति समाजको जोड
- इजरायल र हमासबीच पुनः युद्धविरामका लागि प्रयास जारी रहेको कतारको भनाइ
- संसदीय सुनुवाइमा उजुरीकर्ता उपस्थित
- नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने अनुसन्धान अधिकृत बस्नेतविरुद्ध मुद्दा दर्ता
- विमानको आपतकालीन झ्यालको सिसा खस्यो
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया