चीनको अर्थतन्त्रको पुनरुत्थान गर्न संरचनात्मक सुधारको प्रस्ताव
चीन । चीनको केन्द्रीय बैंक (पिपुल्स बैंक अफ चाइना)का सल्लाहकारले अर्थतन्त्रलाई पुनरुत्थान गर्न संरचनात्मक सुधारको प्रस्ताव राखेका छन् । मौद्रिक नीति सहज बनाउन अझै केही ठाउँ रहेको र समष्टि आर्थिक नीतिहरुमा भरोसा गर्नुको सट्टा संरचनात्मक सुधार गरी उद्यमीहरुलाई प्रोत्साहन गर्नुपर्ने सुझावसहितको प्रस्ताव केन्द्रीय बैंकका सल्लाहकार लिउ शिजिनले राखेका छन् ।
केन्द्रीय बैंकमा मौद्रिक नीति समितिका सदस्य लिउले आइतबार सांघाईमा आयोजित वित्तीय मञ्चलाई सम्बोधन गर्दै बेइजिङको मौद्रिक नीति सहज बनाउन अमेरिकासँग ब्याजदरको भिन्नता फराकिलो बनाउनुपर्ने बताए । उनले आर्थिक रुपमा चीनका सबै तहका सरकारहरु तनावमा रहेको पनि बताए । उनले यदि चीनले वृद्धिलाई स्थिर बनाउने प्रयासमा बृहत नीतिहरुमा ध्यान केन्द्रित गरिरह्यो भने थप धेरै असरहरु पर्ने बताए । त्यस्तो भयो भने केन्द्रीय बैंकले फेरि संरचनात्मक सुधारको अवसरहरु गुमाउने स्थिति आउनसक्ने बताए ।
कमजोर उपभोग, घट्दो निर्यात र बढ्दो सम्पत्ति ऋण संकटको बीचमा कोभिड–१९ पछिको रिकभरीले गति गुमाएको र आत्मविश्वास बढाउन धेरै मौद्रिक र वित्तीय उपायहरुको बावजुद चीनले अर्थव्यवस्थामा संघर्ष गरिरहेको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहाकार रहिबल गजुरेलद्वारा राजिनामा
- एनसेल खरिदबिक्री सम्बन्धमा समितिले थाल्यो अध्ययन
- अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
- देशमा सुशासन कायम गर्न शान्ति समाजको जोड
- इजरायल र हमासबीच पुनः युद्धविरामका लागि प्रयास जारी रहेको कतारको भनाइ
- संसदीय सुनुवाइमा उजुरीकर्ता उपस्थित
- नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने अनुसन्धान अधिकृत बस्नेतविरुद्ध मुद्दा दर्ता
- विमानको आपतकालीन झ्यालको सिसा खस्यो
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया