Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअमेरिकाले ३० खर्ब अमेरिकी डलरको ऋणपत्र बिक्री गर्दै

अमेरिकाले ३० खर्ब अमेरिकी डलरको ऋणपत्र बिक्री गर्दै


वासिड.टन, वैशाख २४
संयुक्त राज्य अमेरिकाले चालू वर्षको दोस्रो त्रैमासिकमा ३० खर्ब अमेरिकी डलर ऋण लिएर कोरोनाभाइरस महामारीबाट अर्थतन्त्र जोगाउने भएको छ । उक्त रकम सन् २००८ को वित्तीय संकटयताकै पाँच गुणा ठूलो ऋण हो । अघिल्लो वर्ष अमेरिकाले १२ खर्ब ८० अर्ब डलर ऋण लिएको थियो । भाइरसले पारेको प्रभाव न्यूनीकरण गरेर राहत प्याकेज, स्वास्थ्य क्षेत्रको कोष खडा तथा प्रत्यक्ष खर्च भुक्तानीका लागि उक्त रकम स्वीकृत भइसकेको बीबीसीले जनाएको छ ।

अमेरिकासँग अब २ सय ५० खर्ब अमेरिकी डलर ऋण पुगेको छ । पछिल्लो खर्च प्याकेज देशको अर्थतन्त्रको १४ प्रतिशत हाराहारीमा हुने जनाइएको छ । यस्तै अमेरिकाले कर तिर्ने समय समेत बढाएको छ । ३० खर्ब डलरबारे पार्टीहरुले छलफल समेत गरिरहेका छन् । अमेरिकाले सरकारी ऋणपत्र बिक्री गरेर रकम लिने गर्छ । अमेरिकी ऋण कम जोखिमयुक्त भएकाले विगतमा पनि न्यून ब्याजदर रहँदै आएको छ । अमेरिकी संसद्को बजेट अफिसले गत महिना यो वर्ष ३७ खर्ब अमेरिकी डलर बजेट घाटा पुग्ने अनुमान गरेको थियो । अमेरिकी केन्द्रीय बैंक फेडेरल रिजर्भले गत हप्ताहरुमा १० खर्ब डलरको ट्रेजरी खरिद गरेको थियो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया