तीन देशका शीर्ष नेता वार्ता गर्न सहमत
एजेन्सी । चीन, दक्षिण कोरिया र जापानका शीर्ष नेताबीच शिखर वार्ता हुने भएको छ । सरकारी अधिकारीहरूका अनुसार सन् २०१९ पछि पहिलो पटक त्रिपक्षीय वार्ता हुन लागेको हो ।
सोलमा चीन, जापान र दक्षिण कोरियाका वरिष्ठ कूटनीतिज्ञहरूबीच अप्रत्यासितरूपमा भएको बैठकपछि चीनले मंगलबार तीनवटै देशका नेताहरूबीच यथाशीघ्र शिखर बैठक गर्न सहमति भएको बताएको हो ।
टोकियो, वासिङ्टन र सोलबीचको सुदृढ सुरक्षा सम्बन्धलाई दृष्टिगत गरी ती देशसँग बिग्रिएको सम्बन्ध सुधार गर्ने प्रयासका रूपमा चीनले बैठकका निम्ति सहमति जनाएको विश्लेषकहरूले बताएका छन् । पछिल्लो समय अमेरिकासँगको बिग्रँदो सम्बन्धलाई लिएर चीन चिन्तित छ ।
‘चीन, जापान र दक्षिण कोरियाबीचको सहकार्यलाई तीन पक्षको साझा हितमा निरन्तरता दिन सहमति भएको छ’, विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले नियमित पत्रकार सम्मेलनमा मंगलबार भनेका छन् ।
प्रवक्ता वाङका अनुसार तीनवटै देशले आ–आफ्ना विदेशमन्त्रीहको बैठक अर्को केही महिना आयोजना गरेर त्यसपछि उपयुक्त समयमा जतिसक्दो चाँडो शीर्ष नेताहरूको बैठक गर्न बेइजिङ, सोल र टोकियो सहमत भएका छन् ।
दक्षिण कोरियाको विदेश मन्त्रालयले पनि तीनवटै देशका कूटनीतिज्ञहरू शीघ्र त्रिपक्षीय शिखर बैठक आयोजना गर्न तथा त्यसको तयारीमा विदेश मन्त्रीस्तरीय बैठकको आयोजना गर्न सहमत भएका बताएको छ । पछिल्लो पटक त्रिदेशीय शिखर सम्मेलन सन् २०१९ मा भएको थियो । रासस
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- एनसेल खरिदबिक्री सम्बन्धमा समितिले थाल्यो अध्ययन
- अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
- देशमा सुशासन कायम गर्न शान्ति समाजको जोड
- इजरायल र हमासबीच पुनः युद्धविरामका लागि प्रयास जारी रहेको कतारको भनाइ
- संसदीय सुनुवाइमा उजुरीकर्ता उपस्थित
- नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने अनुसन्धान अधिकृत बस्नेतविरुद्ध मुद्दा दर्ता
- विमानको आपतकालीन झ्यालको सिसा खस्यो
- दिगो पूर्वाधार विकासबाट मात्रै आर्थिक समृद्धि हासिल हुन्छ : मन्त्री ज्वाला
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया