Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभर्जिन एटलान्टिकले ३ हजार रोजगारी कटौती गर्ने

भर्जिन एटलान्टिकले ३ हजार रोजगारी कटौती गर्ने


भर्जिन एटलान्टिकले ३ हजार रोजगारी कटौती गर्ने
लन्डन, वैशाख २४
विमान सेवा प्रदायक भर्जिन एटलान्टिकले बेलायतमा ३ हजार रोजगारी कटौती गर्ने निर्णय गरेको छ । बीबीसीका अनुसार कम्पनीले ग्याटविक विमानस्थलको अपरेसन समेत अन्त्य गर्ने भएको छ । यसअघि नै ब्रिटिस एयरवेजले ग्याटविक अपरेसन बन्द गर्ने निर्णय गरिसकेको छ । पाइलटहरुको युनियनले भने यसलाई दुःखद भनेको छ । धेरै विमान कम्पनीहरु विश्व महामारीका कारण अहिले अप्ठ्यारो अवस्थामा पुगेका छन् । उक्त एयरलाइन्सले १० हजार मानिसलाई रोजगारी दिएको छ ।

कम्पनीले सरकारसँग आकस्मिक ऋणका लागि आह्वानको प्रक्रियामा समेत रहेको छ । कम्पनीका अनुसार बोर्डवरपरका रोजगारी कटौती हुनेछ । कम्पनीले ३६ वर्षदेखि सेवा दिँदै आएको छ । गत हप्ता ब्रिटिस एयरवेजले १२ हजार रोजगारी कटौती गर्ने जनाएको थियो । कम्पनीसँग ४२ हजार कार्यबल छन् । ग्याटविकको अपरेसन महामारी पुनः सञ्चालन हुनसक्नेछ । त्यस्तै -यानएयरले पनि ३ हजार रोजगारी कटौती गर्ने जनाइसकेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया