अर्थतन्त्र बलियो बनाउने चिनियाँ केन्द्रीय बैंकको प्रतिबद्धता
चीन । चीनको केन्द्रीय बैंक पिपुल्स बैंक अफ चाइनाले देशको अर्थतन्त्रलाई बलियो सहयोग गर्न समष्टिगत आर्थिक नियमनका साथ आन्तरिक माग बढाउनेगरी नीतिहरू अवलम्बन गर्ने बाचा गरेको छ ।
केन्द्रीय बैंकले विवेकपूर्णरूपले मौद्रिक नीति लागू गर्ने र काउन्टर–साइक्लिकल र क्रस–साइक्लिकल समायोजनलाई बलियो बनाउने भनेको छ ।
केन्द्रीय बैंकले बाह्य वातावरण जटिल बन्दै गएकाले व्यापार र लगानीमा मन्दी आएको र विकसित मुलुकमा मुद्रास्फीति उच्च हुँदा ब्याजदर समेत बढेकाले असर पारेको भनेको छ । केन्द्रीय बैंकले चीनको अर्थतन्त्र स्थिररूपमा ‘रिबाउन्ड’ गरिरहेको र गति लिइरहेको जनाएको छ । तर, पनि अझै मागपक्ष कमजोर रहेकाले चुनौतीहरूको सामना गर्नुपर्ने स्थिति रहेको जनाएको छ ।
अर्थतन्त्र चलायमान बनाउन केन्द्रीय बैंकले पहिलो पटक घर खरिदकर्ताहरूको लागि धितो दरमा गतिशील समायोजन संयन्त्रको प्रभावकारी कार्यान्वयनलाई अगाडि बढाउने र स्थिर तथा स्वस्थ प्रवद्र्धन गर्न घरजग्गा क्षेत्रमा नयाँ मोडेलको अभ्यासलाई प्रवद्र्धन गर्ने बताएको छ ।
केन्द्रीय बैंकले युआनको विनिमयदरमा अत्यधिक उतारचढावको जोखिमबाट जोगाउने र विनिमयदरलाई उचित तथा सन्तुलित स्तरमा स्थिर राख्न प्रयास गर्ने पनि बताएको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहाकार रहिबल गजुरेलद्वारा राजिनामा
- एनसेल खरिदबिक्री सम्बन्धमा समितिले थाल्यो अध्ययन
- अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
- देशमा सुशासन कायम गर्न शान्ति समाजको जोड
- इजरायल र हमासबीच पुनः युद्धविरामका लागि प्रयास जारी रहेको कतारको भनाइ
- संसदीय सुनुवाइमा उजुरीकर्ता उपस्थित
- नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने अनुसन्धान अधिकृत बस्नेतविरुद्ध मुद्दा दर्ता
- विमानको आपतकालीन झ्यालको सिसा खस्यो
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया