न्युजिल्यान्डका प्रधानमन्त्रीलाई कोरोना
एजेन्सी । न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस हिपकिन्सलाई कोभिड–१९ सङ्क्रमण भएको छ । उनको पछिल्लो कोरोना परीक्षण प्रतिवेदनले सङ्क्रमण पुष्टि गरेको छ ।
आफ्नो आम चुनावी अभियानमा दुई साता मात्र बाँकी रहेका बेला प्रधानमन्त्री हिपकिन्सलाई शनिबार रुघाखोकी र फ्लुको लक्षण देखिएपछि परीक्षण गर्दा कोरोना भाइरसको सङ्क्रमण भएको हो । उनले आइतबार सामाजिक सञ्जाल फेसबुकमा आफूलाई कोरोना सङ्क्रमण भएको घोषणा गरेका छन् ।
चुनावी अभियान र प्रचारप्रसार अब ‘अनलाइन’बाटै सञ्चालन गर्ने प्रधानमन्त्री हिपकिन्सले बताए । आफू एकान्तबासमा रहेको र पूर्ण स्वास्थ्य लाभ नगरेसम्म बाहिर ननिस्कने जानकारी शुभेच्छुक एवं समर्थकहरूलाई दिएका छन् । उनले देश र जनताका खातिर दोब्बर मिहिनेत गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । रासस
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहाकार रहिबल गजुरेलद्वारा राजिनामा
- एनसेल खरिदबिक्री सम्बन्धमा समितिले थाल्यो अध्ययन
- अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
- देशमा सुशासन कायम गर्न शान्ति समाजको जोड
- इजरायल र हमासबीच पुनः युद्धविरामका लागि प्रयास जारी रहेको कतारको भनाइ
- संसदीय सुनुवाइमा उजुरीकर्ता उपस्थित
- नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने अनुसन्धान अधिकृत बस्नेतविरुद्ध मुद्दा दर्ता
- विमानको आपतकालीन झ्यालको सिसा खस्यो
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया