माल्दिभ्सको राष्ट्रपतिमा मोहम्मद मुइज्जु निर्वाचित
एजेन्सी । माल्दिभ्सको राष्ट्रपतिमा ४५ वर्षीय मोहम्मद मुइज्जु निर्वाचित भएका छन् । बहालवाला राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहलाई हराउँदै मुइज्जु निर्वाचित भएका हुन् ।
माल्दिभ्सको प्रोग्रेसिभ पार्टी अफ माल्दिभ्स (पीपीएम)का उम्मेदवार मोहम्मद मुइज्जुले शनिबार भएको निर्वाचनमा सोलिहलाई पराजित गरेका हुन् । पहिलो चरणमा कुनै पनि उम्मेदवारले स्पष्ट जित हासिल नगरेपछि दोस्रो चरणको मतदानमा उनले जित हात पारेका हुन् । उनले ५३ प्रतिशत मत प्राप्त गरेका छन् ।
लोकतन्त्र सुदृढ भईनसकेको हिन्द महासागरको टापु राष्ट्र माल्दिभ्सले चीनसँगको नयाँ र भारतसँगको परम्परागत सम्बन्धलाई अब कसरी अघि बढाउँछ भन्नेमा धेरैको चासो बढेको छ । राजनीतिक विश्लेषकहरूले नवनिर्वाचित राष्ट्रपति मोहम्मद मुइज्जुको कूटनीतिक परीक्षण हुने बताएका छन् ।
नेता मुइज्जु चिनियाँ ऋण स्वागत गर्ने र यसअघि सत्तामा हुँदा असहमतमाथि दमन गर्ने व्यक्तिका रुपमा परिचित छन् ।
देशको राष्ट्रपति निर्वाचित भएपछि आफ्नो पार्टीको मुख्यालयमा मन्तव्य व्यक्त गर्दै आफूलाई मतदान गर्ने सबैप्रति कृतज्ञताज्ञापन गरेका छन् । राष्ट्रपति निर्वाचित मुइज्जुले भ्रष्टाचारको आरोपमा ११ वर्षको जेल सजाय भोगिरहेका पूर्वराष्ट्रपति अब्दुल्ला यामीनलाई रिहा गर्न सरकारलाई आग्रह गरेका छन् । मुइज्जु हाल राजधानी मालेको नगरप्रमुख हुन् । उनले बेलायतको युनिभर्सिटी अफ लिड्सबाट सिभिल इन्जिनियरिङमा विद्यावारिधि गरेका छन् ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपतिमा मुइज्जु विजयी भएकामा उनलाई बधाई दिएका छन् । भारत–माल्दिभ्स द्विपक्षीय सम्बन्धलाई बलियो बनाउन तथा हिन्द महासागर क्षेत्रमा समग्र सहयोग अभिवृद्धि गर्न भारत प्रतिबद्ध रहेको मोदीले बताएका छन् । रासस
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहाकार रहिबल गजुरेलद्वारा राजिनामा
- एनसेल खरिदबिक्री सम्बन्धमा समितिले थाल्यो अध्ययन
- अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
- देशमा सुशासन कायम गर्न शान्ति समाजको जोड
- इजरायल र हमासबीच पुनः युद्धविरामका लागि प्रयास जारी रहेको कतारको भनाइ
- संसदीय सुनुवाइमा उजुरीकर्ता उपस्थित
- नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने अनुसन्धान अधिकृत बस्नेतविरुद्ध मुद्दा दर्ता
- विमानको आपतकालीन झ्यालको सिसा खस्यो
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया