Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारदक्षिण अमेरिकामा १५ हजारभन्दा बढीको मृत्यु

दक्षिण अमेरिकामा १५ हजारभन्दा बढीको मृत्यु


सोल, वैशाख २५
दक्षिण अमेरिका र क्यारेबियन मुलुकहरुमा कोरोनाभाइरसबाट बुधबार बिहानसम्ममा १५ हजारभन्दा बढीको मृत्यु भएको छ । आधिकारिक विवरणहरुमा यस क्षेत्रमा २ लाख ८२ हजारभन्दा बढी व्यक्ति कोरोना संक्रमित भएका छन् ।दक्षिण अमेरिकामा सबैभन्दा बढी व्यक्ति ब्राजिलमा ७ हजार ९ सय २१ जनाको ज्यान गएको छ भने १ लाख १४ हजार ७ सय १५ जना संक्रमित भएका छन् । यस्तै, मेक्सिकोमा २ हजार २ सय ७१ जना तथा इक्वेडरमा १ हजार ५ सय ६९ जनाको ज्यान गएको छ । विज्ञहरुका अनुसार आउँदा दिनहरुमा दक्षिण अमेरिकामा महामारी अरु बढ्नेछ ।

इक्वेडर, कोलम्बिया र डोमिनिकन रिपब्लिक लगायतका धेरै देशहरूले भाइरस फैलिनबाट रोक्न आफ्नो लकडाउनका उपायहरू अवलम्बन गरिरहेका छन् । प्यान–अमेरिकन हेल्थ अर्गनाइजेसन (पीएएचओ) ले प्रतिबन्धहरु खुकुलो बनाउनेक्रममा यस क्षेत्रका सरकारहरु बढी नै सजग हुनुपर्ने बताएको छ । अर्गनाइजेसनले खासगरी ब्राजिल, इक्वेडर, पेरू, चिली र मेक्सिकोमा भाइरस सर्न सक्ने खतरा धेरै उच्च रहेको चेतावनी दिएको छ ।

ब्राजिल यस क्षेत्रको पहिलो देश हो जहाँ कोरोनाभाइरस पहिलो पटक फेब्रुअरी २६ मा देखिएको थियो । कोरोना महामारीबाट सर्वा्धिक प्रभाव परेको इटालीको लोम्बार्डी भ्रमण गरेका एक ६१ वर्षीय व्यक्तिमा कोरोना भेटिएको थियो । अन्तर्राष्ट्रिय मुद्रा कोषले कोरोनाभाइस संकटकै कारण दक्षिण अमेरिकाको कुल गार्हस्थ्य उत्पादनमा ५.२ प्रतिशतले संकुचन हुने जनाएको छ । कोरोनाभाइरसका कारण विश्वभर २ लाख ५८ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने ३७ लाखभन्दा बढी संक्रमित छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया