Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारइन्डोनेसियामा निर्वाचन धकेलियो

इन्डोनेसियामा निर्वाचन धकेलियो


जकार्ता, वैशाख २५
कोरोना भाइरसको संक्रमणका कारण इन्डोनेसियामा पूर्वनिर्धारित निर्वाचन पछाडि धकेलिएको छ । आगामी सेप्टेम्बर २३ तारिखका लागि निर्धारण गरिएको निर्वाचन पछाडी धकेलिने भएको अधिकारीहरुले जनाएका छन् । यस निर्वाचनका लागि झण्डै एक अरब मतदाता रहेका छन्।

राष्ट्रपति जोको विडोडोले सोमबार एक निर्देशन जारी गर्दै यस पुर्वनिर्धारित निर्वाचन पछाडि सरेको घोषणा गरेका हुन् । उनले सेप्टेम्बरका लागि तय गरेको निर्वाचन डिसेम्बरमा हुने गरी तय गरिएको जानकारी दिएका छन् । अहिले सारेर निर्धारण गरिएको समयमा पनि निर्वाचन हुन्छ कि हुन्न भन्ने कुरा कोरोना भाइरसको महामारीको अवस्थामा भर पर्ने उनले स्पष्ट पारेका छन् ।

विश्वमै धेरै जनसंख्या भएका मुलुकहरु मध्ये चौथो देशमा पर्ने इन्डोनेसियामा क्षेत्रीयस्तरको निर्वाचन गर्नुपर्ने बेला भएको हो । राज्य सचिवालयको आधिकारीक वेभसाईटमार्फत् बुधबार दिइएको जानकारीअनुसार देशका २७० क्षेत्रमा निर्वाचन गर्नुपर्नेछ । ती क्षेत्रमा नौ जना गर्भनर, ३७ जना मेयर र २२४ जना जिल्ला प्रमुख निर्वाचन गर्नुपर्ने वेबसाइटमा उल्लेख गरिएको छ ।

इन्डोनेसियामा कोरोना भाइरसबाट अहिलेसम्म १२ हजार ४ सय ३८ जना संक्रमित भएका छन् । तीमध्ये ३ सय ६७ जना पछिल्लो २४ घण्टामा संक्रमित भएका हुन् । त्यसैगरी कुल मृतकको संख्या ८ सय ९५ पुग्दा पछिलो २४ घण्टामा २३ जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । (रासस/एपी)


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया