Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारआजदेखि भारतले संसारभर अलपत्र नागरिकको उद्धार गर्ने

आजदेखि भारतले संसारभर अलपत्र नागरिकको उद्धार गर्ने


नयाँ दिल्ली, वैशाख २५
आज बिहीबारदेखि भारतले ६४ उडानमार्फत करिब १५ हजार भारतीयलाई उद्धार गर्ने भएको छ । आजदेखि सुरु हुने उद्धारमा पहिलो लटमा विभिन्न १२ मुलुकमा अलपत्र परेका उक्त नागरिकलाई एयरलिफ्ट गरिने विदेशमन्त्री एस जयशंकरले ट्विटरमार्फत जानकारी दिएका छन् । विदेशमन्त्री एस जयशंकरले ‘वन्दे भारत मिसन’अन्तर्गत नागरिकको उद्धार गर्न लागिएको र यो क्रम १ हप्तासम्म चल्ने बताएका छन् । उनले ट्विट गर्दै भारत आउनेहरुलाई आफू रहेको मुलुकका दूतावासको सम्पर्कमा रहिरहन समेत आग्रह गरेका छन् ।

खाडी मुलुकबाहेक सेड्युलमा नरहेका व्यावसायिक उडान गर्ने विमानहरुबाट अमेरिका, बेलायत, बंगलादेश, मलेसिया, सिंगापुर र फिलिपिन्सबाट भारतीयलाई ल्याइने तयारी छ । नागरिक उड्डयनमन्त्री हरदीप पुरीले सबै गरी १ लाख ९० हजारलाई सुरुमा ल्याउने तयारी भएको छ । यो संख्या ४ लाखसम्म पुग्नसक्ने बताएका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया