Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारकोरोनाबाट मृत्यु भएका प्रहरीका परिवारलाई एक करोड क्षतिपूर्ति

कोरोनाबाट मृत्यु भएका प्रहरीका परिवारलाई एक करोड क्षतिपूर्ति


नयाँ दिल्ली, वैशाख २६
भारतको नयाँ दिल्ली प्रदेशले कोरोना भाइरसविरुद्ध काम गरिरहेका समय मृत्यु भएका प्रहरीको परिवारलाई एक करोड क्षतिपूर्ति दिने घोषणा गरेको छ । केन्द्रीय राजधानी समेत रहेको प्रदेश सरकारले कोरोनाविरुद्धको लडाइँका क्रममा निधन भएका अमितको परिवारलाई एक करोड क्षतिपुर्ति दिने घोषणा गरेको हो । नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले हिन्दी भाषामा सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै अमितले आफ्नो जीवनको समेत प्रवाह नगरी निरन्तर कोरोना विरुद्धको लडाइमा सक्रिय भएको उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘कामको सिलसिलामा उहाँलाई कोरोनाभाइरसको संक्रमण भयो र दुर्भाग्यबस उहाँले हामीलाई छाडेर जानुभयो । उहाँको योगदानलाई म सलाम गर्दछु र आत्माको चिर शान्तिको कामना गर्दछु ।’ मुख्यमन्त्री केजरीवालले उहाँको योगदान र लगावको उच्च मुल्यांकन गर्दै उहाँको परिवारलाई एक करोड क्षतिपूर्ति प्रदान गर्ने कुरा पनि ट्वीटरमै लेखेका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया