जर्मनीमा अर्थिक मन्दी झन् बढ्ने प्रक्षेपण
जर्मनी । अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ)ले जर्मनीले पहिले अनुमान गरिएको भन्दा धेरै आर्थिक मन्द्री व्यहोर्नुपर्ने बताएको छ । आईएमएफले मंगलबार सन् २०२३ मा जर्मनीले विश्वमै सबैभन्दा खराब अर्थतन्त्र प्रदर्शन गर्ने ठूलो मुलुक हुने प्रक्षेपण गरेको हो ।
उच्च मूल्यवृद्धि र निर्माण क्षेत्रमा आएको मन्दीले यो वर्ष जर्मन अर्थतन्त्र शून्य दशमलव पाँच प्रतिशतले संकुचन आउने आईएमएफले प्रक्षेपण गरेकोे छ ।
युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र भएको जर्मनी यो वर्ष आर्थिक वृद्धि नहुने मुलुक बन्ने निश्चितजस्तै भएको आईएमएफले उल्लेख गरेको छ । जर्मनी जी–७ का सदस्यहरुमध्ये आर्थिक वृद्धि नहुने एउटा मात्र मुलुक बन्ने प्रक्षेपण पनि आईएमएफको छ ।
आईएमएफको पछिल्लो प्रतिवेदनअनुसार जर्मनीले कमजोर संवेदनशील ब्याजदर क्षेत्र र सुस्त व्यापार–साझेदार मागलगायतका थुप्रै परिस्थितिको सामना गर्नुपरेको छ ।
सन् २०२३ को प्रारम्भमा मन्दीमा पुगेको र दोस्रो त्रैमासिकमा स्थिर रहेको जर्मनीको अर्थतन्त्र दोस्रो छ महिनामा संकुचनतिर गएको प्रतिवेदनमा उल्लेख छ । यद्यपि सन् २०२४मा जर्मनीको अर्थतन्त्र सुधारको दिशामा जाने अपेक्षा गरेको छ ।
जर्मनीको अर्थतन्त्रमा देखिएको समस्याले युरोजोनमा समेमत असर पर्ने देखिएको छ । आईएमएफले सन् २०२३ मा २० राष्ट्र सम्मिलित युरोजोनको अर्थतन्त्र थोरै घटाएर शून्य दशमलव सात प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ । एजेन्सी
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- ज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
- सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध १० उजुरी
- ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ: प्रधानमन्त्री दाहाल
- विदेशको जागिर छाडेर नेपालमै पशु तथा मौरीपालन
- विमानस्थल निर्माणका लागि धरानमा अध्ययन सुरु
- सेयर बजार करेक्सन, सुचक तथा कारोबार रकम दुबै बढ्यो
- सरकारलाई राष्ट्रिय सूचना आयोगको प्रतिवेदन बुझाइयो
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया