डलरको तुलनामा भारु कमजोर
भारत । कच्चा तेलको मूल्यमा भएको उछाल र अन्य एसियाली मुद्रा कमजोर बन्दै गएपछि सोमबार भारीय रुपैयाँ (भारु) तल्लो विन्दुमा बन्द भएकोे छ । अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर बन्दै ८३ दशमलव २७७५ मा बन्द भएको छ । जुन क्लोजिङको आधारमा अहिलेसम्मकै कमजोर हो ।
डलर सूचकांक एक सय छ दशमलव पाँच विन्दुमा स्थिर रह्यो भने एसियाली मुद्राहरु कमजोर भए । कोरियाली वोन पनि शून्य दशमलव २७ प्रतिशतले कमजोर बनेको छ ।
एचडीएफसी सेक्युरिटीजका प्रमुख कमोडिटी एन्ड करेन्सी अनुज गुप्ताले मध्यपूर्वमा उथलपुथल बढेपछि अमेरिकी डलरको माग बढेकोले भारतीय मुद्रा कमजोर बन्दै गएको विश्लेषण गरेका छन् ।
भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)ले विनिमय बजारमा हस्तक्षेप गरी भारुको गिरावट रोक्ने प्रयास गरेको छ । तर, भारु विस्तारै कमजोर बनिरहेको छ । भारुलाई थप कमजोर हुन नदिन आरबीआईले डलर बिक्री गरिरहेको छ ।
भूराजनीतिक तनावको समयमा विश्वभरका लगानीकर्ताले अन्य मुद्रामा भएको लगानी डलरमा परिवर्तन गर्ने भएकाले डलरको माग बढेको छ । जसले डलर बलियो बन्दै गएको छ भनेन अन्य देशका मुद्रामा दबाब परेको छ । एजेन्सी
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- कोशीमा बजेट विधेयक पारित
- कुटपिटबाट २६ वर्षीय युवाको मृत्यु, घटनामा संलग्न सात जना पक्राउ
- राष्ट्रपतिसँग प्रधानमन्त्री प्रचण्डको शिष्टाचार भेट
- इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट
- हजार र पाँच सयका नक्कली नोटसहित एक युवा पक्राउ
- तीन महिने अभियानलाई जसपाले निरन्तरता दिने
- मङ्सिर २३ गते परराष्ट्रमन्त्री साउद कतार जाँदै
- ट्याक्टरबाट लडेर एक जनाको मृत्यु
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
तपाईको प्रतिक्रिया