कच्चा तेलको भाउ बढ्ने चिन्ता
अमेरिका । रुस–युक्रेन र इजरायल–हमासबीचको युद्ध थप चर्किदै गएमा विश्व बजारमा कच्चा तेलको भाउ थप बढ्नसक्ने अनुमान गरिएको छ । विश्व बैंकले भूराजनीतिक तनाव बढ्दै जाँदा कच्चा तेलको भाउ ७५ प्रतिशतसम्म बढ्नसक्ने चेतावनी दिएको छ ।
विश्व बैंकले सोमबार सार्वजनिक गरेको ‘कमोडिटी मार्केट्स आउटलुक’ सम्बन्धी रिपोर्टमा भूराजनीतिक तनावले महँगी बढाउने उल्लेख गरेको हो । अहिलेसम्म ठूलो वृद्धि नभए पनि भाविश्यमा यसको असर पर्नसक्ने विश्व बैंकको तर्क छ । मध्यपूर्वको द्वन्द्व र रुस–युक्रेन युद्धले विश्वव्यापीरुपमा आर्थिक असर पार्नसक्ने विश्व बैंकको भनाइ छ ।
अहिले ब्रेन्ट क्रुड आयलको मूल्य प्रतिब्यारेल ८६ डलर छ । यो त्रैमासमा कच्चा तेलको मूल्य ९० डलर आसपास रहने विश्व बैंकले जनाएको छ । विश्व बैंकले तेलको आपूर्तिमा सानो अवरोध भए पनि मूल्य बढेर एक सय डलरभन्दा माथि पुग्नसक्ने उल्लेख गरेको छ । तेल आपूर्तिमा मध्यमखालको अवरोध भएमा प्रतिब्यारेल एक सय २१ डलर र ठूलो अवरोध भएमा एक सय ५७ डलरसम्म पुग्नसक्ने अनुमान गरेको छ । यसअघि सन् २००८मा कच्चा तेलको भाउ प्रतिब्यारेल एक सय ४७ अमेरिकी डलर पुगेको थियो ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- ज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
- सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध १० उजुरी
- ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ: प्रधानमन्त्री दाहाल
- विदेशको जागिर छाडेर नेपालमै पशु तथा मौरीपालन
- विमानस्थल निर्माणका लागि धरानमा अध्ययन सुरु
- सेयर बजार करेक्सन, सुचक तथा कारोबार रकम दुबै बढ्यो
- सरकारलाई राष्ट्रिय सूचना आयोगको प्रतिवेदन बुझाइयो
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया