Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचीनमा झण्डै ४० प्रतिशत विद्यार्थी मात्रै कक्षामा उपस्थित

चीनमा झण्डै ४० प्रतिशत विद्यार्थी मात्रै कक्षामा उपस्थित


वेइजिड., वैशाख ३१
चीनमा कोरोनाभाइरसको महामारी नियन्त्रणमा आएसँगै सरकारले आवतजावतमा सहज बनाउने, आर्थिक गतिविधिलाई पुनः चालु गर्ने र विद्यालयहरू सञ्चालन गर्ने निर्णय लिएको छ । सिन्ह्वाका अनुसार सरकारको निर्णयपछि सोमबारसम्ममा १० करोडभन्दा बढी विद्यार्थीले विद्यालय तथा क्याम्पसका कक्षाहरूमा उपस्थित भएका छन् । यो चीनभर रहेका विद्यार्थीहरूको कूल सङ्ख्याको ३९ प्रतिशत हो ।

चीनको शिक्षा मन्त्रालयका उच्च अधिकारी वाङ देङफङले विद्यालय खुलेपछि विद्यार्र्थीहरूको कक्षामा उपस्थिति हुने क्रम उल्लेख्य बढ्न थालेको बताउँदै पत्रकार सम्मेलनमा भने, ‘प्राथमिक विद्यालयदेखि विश्वविद्यालयसम्म विद्यार्थीहरू आउने क्रम जारी रहेको छ । सोमबारसम्ममा करिब दश करोड अर्थात् कूल विद्यार्थी संख्याको ३९ प्रतिशत सहभागिता भएको छ । बाँकी विद्यार्थीहरू पनि विद्यालय आउने क्रम क्रमशः बढ्ने क्रम रहेको छ ।’

विश्वमा महामारीको रूप लिएको कोरोनाभाइरस सुरूमा गत वर्षको डिसेम्बरमा चीनको वुहान सहरबाट पत्ता लागेको थियो । चीनमा कोरोनाभाइरसबाट मङ्गलबारसम्ममा करिब ८३ हजार व्यक्ति संक्रमित बनेका छन् भने चार हजार ६ सय ३३ जनाको मृत्यु भएको छ । चीनमा पछिल्ला दिनमा संक्रमणका घटना छिटफुट देखिए पनि ती व्यक्तिहरू विदेशबाट आएका र आन्तिरिकरूपमा संक्रमण हुनेक्रम लगभग नियन्त्रणमा रहेको चिनियाँ अधिकारीहरूले बताउने गरेका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया