Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारराज्यको नियम लत्याउँदै मस्कले खोले विद्युतीय कार फ्याक्ट्री

राज्यको नियम लत्याउँदै मस्कले खोले विद्युतीय कार फ्याक्ट्री


अमेरिका, वैशाख ३१
अर्बपति तथा टेस्ला कारका प्रमुख एलन मस्कले क्यालिफोर्निया राज्यमा रहेको मुख्य कार प्लान्ट खोलेका छन् । स्थानीय नियमअनुसार नपाइने भए पनि उनले कार प्लान्ट खोलेको बीबीसीले जनाएको छ । सोमबार प्रमुख कार्यकारी मस्कले सामाजिक सञ्जाल ट्विटरबाट कार उत्पादन पुनः सुरु भएको जानकारी दिएका हुन् ।

आफ्नो कारखाना बन्द गरे राज्यबाटै फ्याक्ट्री सार्ने चेतावनी उनले केही दिनअघि दिएका थिए । उनले कोरोनाभाइरसका कारण जारी लकडाउनको खुलेर विरोध गर्दै आएका छन् । उनले लकडाउन अन्त्य गर्न सार्वजनिक आह्वान गर्दै आएका थिए । क्यालिफोर्नियाका विभिन्न काउन्टीले लकडाउन खुकुलो पारे पनि मस्कको कारखाना रहेको अलामेदाले भने कडाइ गरिरहेको छ । शनिबार मात्रै उनले टेस्लाले काउन्टीविरुद्ध अदालतमा मुद्दा समेत हालिसकेको छ । स्थानीय प्रहरीले यसबारे जानकार रहेको बताएको छ ।

उक्त काउन्टीको पब्लिक हेल्थ डिपार्टमेन्टले सोमबार टेस्लासँग सहकार्य गरिरहेको जनाएको छ । उसले अन्य व्यवसायलाई जस्तै टेस्लालाई पनि आवश्यक कदम चाल्ने बताएको छ । त्यस्तै अन्य कार कम्पनीले भने मेदेखि मात्रै प्लान्ट खोल्ने बताएका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया