पाँच सय रोहिंग्या शरणार्थी इन्डोनेसिया पुगे
इन्डोनेसिया । पाँच सयभन्दा बढी रोहिंग्या शरणार्थीले भरिएको तीनवटा डुंगा आइतबार इन्डोनेसियाको सबैभन्दा पश्चिम प्रान्तमा पुगेको संयुक्त राष्ट्र संघीय एजेन्सी (यूएनएचसिआर)ले बताएको छ । सन् २०१७ मा म्यान्माद्वारा अल्पसंख्यक रोहिंग्या समूहमाथि सैन्य कारबाही सुरु गरेपछिको यो सबैभन्दा ठूलो आगमनमध्येको एक हो ।
अधिकांश मुस्लिम रोहिंग्याले म्यान्मामा व्यापक उत्पीडनको सामना गर्नुपरेको छ र उनीहरू प्रत्येक वर्ष आफ्नो ज्यानलाई जोखिममा राखेर प्राय कमजोर डुंगामा मलेसिया वा इन्डोनेसियासम्म पुग्ने प्रयासमा लामो र महंगो समुद्री यात्रा गर्छन् ।
राष्ट्र संघीय शरणार्थी एजेन्सी संरक्षण सहयोगी फैसल रहमानले एउटा डुंगा आचे प्रान्तको बिरेयुन जिल्लामा दुई सय ५६ रोहिंग्या लिएर आइपुगेको र अर्को कम्तीमा दुई सय ३९ बोकेर आचेको पिडी क्षेत्रमा आइपुगेको थियो । त्यस्तै ३६ जना बोकेको अर्को सानो डुंगा पूर्वी आचेमा आइपुगेको थियो ।
‘उनीहरूलाई धेरै स्थानमा पाइएको छ’, उनले भने । बिरेयुन डुंगामा सवार दुई सय ५६ मध्ये एक सय १० महिला र ६० जना बालबालिका रहेको उनले बताए । रहमानका अनुसार त्यो त्यही डुंगा थियो जसलाई स्थानीय बासिन्दाहरूले समुद्रमा धकेलेका थिए । त्यसपछि उक्त डुंगा कयौँ दिनसम्म समुद्री तटमा अलपत्र परेको थियो ।
स्थानीय अधिकारीहरूका अनुसार पछिल्लो आगमनसँगै यो एउटै सातामा आठ सयभन्दा बढी शरणार्थी आचे प्रान्तमा आइसकेका छन् । मंगलबार एक सय ९६ र बुधबार एक सय ४७ शरणार्थी पुगेका थिए ।
यूएनएचसीआरका अनुसार दुई हजारभन्दा धेरै रोहिंग्याले सन् २०२२ मा दक्षिणपूर्वी एसियाली मुलुकहरूको जोखिमपूर्ण यात्राको प्रयास गरेका छन् । गत वर्ष खतरनाक समुद्र पार गर्ने प्रयासमा करिब दुई सय रोहिंग्या मारिएको वा हराएको यूएनएचसीआरले बताएको छ । रासस/एएफपी
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- महिलाहरुलाई दिल्लीमा बेचबिखन गरेको अभियोगमा बाँकेकी एक महिला पक्राउ
- छुट्टाछुट्टै सवारी दुर्घटनाबाट सात जनाको मृत्यु
- विभिन्न ठाउँमा चार व्यक्ति मृत अवस्थामा फेला
- अध्यादेश जारी गरेर भएपनि भूमिहीनलाई जग्गा प्रदान गर्ने उपप्रधानमन्त्रीको प्रतिबद्धता
- विभिन्न ठाउँमा आगलागीबाट लाखौँको क्षति
- वायुसेवा निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई लाई किन सोध्यो नेपाल नागरिक उड्डयन प्राधिकरणले सात दिने स्पष्टीकरण ?
- कोप–२८ मा प्रधानमन्त्रीको सम्बोधन: नेपालमाथिको अन्याय रोकिनुपर्छ
- सक्कली प्रहरीको फन्दामा नक्कली प्रहरी
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया