पाकिस्तानलाई २५ अर्ब डलर वैदेशिक ऋण आवश्यक
इस्लामाबाद । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले चालू आर्थिक वर्षका लागि पाकिस्तानलाई २५ अर्ब अमेरिकी ऋण आवश्यक हुने प्रक्षेपण गरेको छ । पाकिस्तानको अंग्रेजी दैनिक पत्रिका ‘द एक्सप्रेस ट्रिब्युन’ले उल्लेख गरेअनुसार आईएमएफले वैदेशिक ऋणको आवश्यकता २८ दशमलव चार अर्ब अमेरिकी डलरबाट घटाएर २५ अर्ब अमेरिकी डलरमा झारेको छ ।
आईएमएफले पाकिस्तानको मुद्रास्फीति प्रक्षेपण पनि २५ दशमलव नौ प्रतिशतबाट घटाएर २२ दशमलव आठ प्रतिशतमा झरेको छ । आईएमएफले चालू खाता घाटा (सीएडी), आयात, आर्थिक वृद्धि, मुद्रास्फीति र कुल वित्तपोषण आवश्यकताहरूको लागि पाकिस्तानको वित्त मन्त्रालयको अनुमानलाई अस्वीकार गरेको छ ।
द एक्सप्रेस ट्रिब्युनका अनुसार आईएमएफले अघिल्लो छ दशमलव पाँच अर्ब अमेरिकी डलरको बेलआउट प्याकेजको असफलताको कारण बनेको आम चुनावको मिति तय गर्ने र केही महत्वपूर्ण आर्थिक क्षेत्रहरूलाई बेवास्ता गरेको छ । आईएमएफले विशेष लगानी सहजीकरण परिषद्का गतिविधिलाई पनि आफ्नो कार्यक्षेत्रमा ल्याएको छ ।
पाकिस्तानी अर्थ मन्त्रालयका प्रवक्ता कमर अब्बासीले यस विषयमा कुनै प्रतिक्रिया दिन चाहेनन् । पाकिस्तान सरकारले चार महिनामा छ अर्ब अमेरिकी डलर ऋण लिइसकेको छ । यसबाहेक थप १२ अर्ब ५० करोड अमेरिकी डलर भुक्तिनीको अपेक्षा गरेको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- मुख्यमन्त्री जम्कट्टेलद्वारा सर्वदलीय बैठक आह्वान
- महिलाहरुलाई दिल्लीमा बेचबिखन गरेको अभियोगमा बाँकेकी एक महिला पक्राउ
- छुट्टाछुट्टै सवारी दुर्घटनाबाट सात जनाको मृत्यु
- विभिन्न ठाउँमा चार व्यक्ति मृत अवस्थामा फेला
- अध्यादेश जारी गरेर भएपनि भूमिहीनलाई जग्गा प्रदान गर्ने उपप्रधानमन्त्रीको प्रतिबद्धता
- विभिन्न ठाउँमा आगलागीबाट लाखौँको क्षति
- वायुसेवा निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई लाई किन सोध्यो नेपाल नागरिक उड्डयन प्राधिकरणले सात दिने स्पष्टीकरण ?
- कोप–२८ मा प्रधानमन्त्रीको सम्बोधन: नेपालमाथिको अन्याय रोकिनुपर्छ
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया