चीनको अर्थतन्त्रमा सुधारको संकेत
बेइजिङ । चीनको नेसनल ब्युरो अफ स्टाटिस्टिक्स (एनबीएस)ले चिनियाँ अर्थतन्त्रका प्रमुख सूचकहरू अपेक्षा गरिएभन्दा छिटो बढ्दै गएको जनाएकोे छ । एनबीएसले अक्टोबर महिनाको तथ्यांक जारी गर्दै अर्थतन्त्र पुनः सुचारु भएको दाबी गरेको हो ।
सार्वजनिक गरिएको तथ्यांकअनुसार औद्योगिक उत्पादन वार्षिक चार दशमलव छ प्रतिशतले बढेको छ । औद्योगिक उत्पादनको वृद्धि दर अघिल्लो महिनाको तुलनामा शून्य दशमलव एक प्रतिशत बिन्दु उच्च थियो र रोयटर्स पोलमा भविष्यवाणी गरिएको चार दशमलव चार प्रतिशत अपटिकभन्दा छिटो थियो ।
खुद्रा बिक्री अक्टोबरमा वार्षिक आधारमा ७ दशमलव छ प्रतिशतले बढेको छ । सेप्टेम्बर महिनाको दुई दशमलव एक प्रतिशत अंकले बढेको छ ।
एनबीएसका प्रवक्ता लिउ एहुआले सरकारले अपनाएका नीतिहरूको प्रभावकारिता, राष्ट्रिय दिवसको बिदामा यात्रा, पर्यटनको लागि कडा माग र चिनियाँ अनलाइन सपिङ ‘डबल इलेभेन’ फेस्टिभलले खुद्रा बिक्रीको वृद्धि भएको बताएका छन् ।
उपभोक्ता मूल्यहरू अक्टोबर महिनामा शून्य दशमलव एक प्रतिशत र वर्षमा शून्य दशमलव दुई प्रतिशतले घटेको छ । खाद्यान्नको मूल्यमा विस्तारित गिरावट, विशेष गरी सुँगुरको मासुको मूल्य घटे पनि कोर उपभोक्ता मूल्य सूचकांक (सीपीआई) समग्रमा स्थिर देखिएको छ । कोर सीपीआई खाद्य र ऊर्जाबाहेक वार्षिक शून्य दशमलव छ प्रतिशतले बढेको छ भने मासिक वृद्धिदर अपरिवर्तित छ ।
प्रवक्ता लिउले स्थिर सम्पत्ति लगानी विस्तार हुँदै गएको र उच्च प्रविधि उद्योगहरूमा लगानी छिटो बढ्दै गएको बताएका छन् । जनवरीदेखि अक्टोबरसम्म, स्थिर सम्पत्ति लगानी वार्षिकरूपमा दुई दशमलव नौ प्रतिशतले बढेको छ ।
विद्युतीय सवारीसाधनको उत्पादन अक्टोबरमा वार्षिक २७ दशमलव नौ प्रतिशतले वृद्धि भएको र सोलार सेलको उत्पादन ६२ दशमलव आठ प्रतिशतले बढेको एनबीएसले जनाएको छ ।
अन्तर्राष्ट्रिय मुद्रा कोषले गत हप्ता चीनको २०२३ को कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धि प्रक्षेपण पाँच दशमलव चार प्रतिशतमा बढाएको छ । जुन यसको अक्टोबर प्रक्षेपणको शून्य दशमलव चार प्रतिशत बिन्दुले बढेको छ, जसले चीनको अर्थतन्त्रले थप वृद्धि गति हासिल गरिरहेको संकेत गर्दछ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- महिलाहरुलाई दिल्लीमा बेचबिखन गरेको अभियोगमा बाँकेकी एक महिला पक्राउ
- छुट्टाछुट्टै सवारी दुर्घटनाबाट सात जनाको मृत्यु
- विभिन्न ठाउँमा चार व्यक्ति मृत अवस्थामा फेला
- अध्यादेश जारी गरेर भएपनि भूमिहीनलाई जग्गा प्रदान गर्ने उपप्रधानमन्त्रीको प्रतिबद्धता
- विभिन्न ठाउँमा आगलागीबाट लाखौँको क्षति
- वायुसेवा निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई लाई किन सोध्यो नेपाल नागरिक उड्डयन प्राधिकरणले सात दिने स्पष्टीकरण ?
- कोप–२८ मा प्रधानमन्त्रीको सम्बोधन: नेपालमाथिको अन्याय रोकिनुपर्छ
- सक्कली प्रहरीको फन्दामा नक्कली प्रहरी
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया