डलरको तुलनामा भारतीय मुद्रा थप कमजोर
नयाँदिल्ली । भारतीय रुपैयाँ (भारु) अमेरिकी डलरको तुलनामा कमजोर बन्दै गएको छ । सोमबार भारुको कारोबार एक अमेरिकी डलबरबराबर ८३ रुपैयाँ ३३ पैसा कायम भएको छ । गत शुक्रबार अमेरिकी एक डलरबराबर भारतीय रुपैयाँ ८३ रुपैयाँ २६ पैसा थियो ।
पछिल्लो समय डलरको तुलनामा भारतीय मुद्रा कमजोर बन्दै गइरहेको छ । कच्चा तेलको मूल्यमा भएको वृद्धि, वैदेशिक लगानी पलायन, उत्पादनमा कमी, उच्च ब्याजदरलगायतका कारण भारतीय अर्थतन्त्र प्रभावित भइरहेको छ । महँगी उच्च हुँदा स्थानीय मुद्राको क्रयशक्तिमा ह्रास आएको छ ।
दुई÷तीन महिनायता भारतबाट विदेशी लगानीकर्ताहरु बाहिरिने क्रम बढेको छ । सेयरबजारबाट सेयर बिक्री गरी बाहिरिने लगानीकर्ताको संख्या बढ्दै गएको देखिन्छ । सेप्टेम्बर र अक्टोबारमा मात्रै विदेशी लगानीकर्ताले भारतीय बजारमा चार खर्ब भारतीय रुपैयाँबराबरको सेयर बेचेका थिए । नोभेम्बर महिनामा पनि विदेशी लगानीकर्ताले सेयर बिक्री गर्ने क्रम उच्च छ ।
भारतको मुद्रास्फीति नै करिब छ प्रतिशत हाराहारी छ । भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डियाले यस आर्थिक वर्षमा पाँच दशमलव चार प्रतिशत मुद्रास्फीति रहने प्रक्षेपण गरेको छ । यद्यपि योभन्दा माथि रहन सक्ने अनुमान विश्लेषकहरुको छ ।
भारतीय मुद्रा कमजोर बन्दा नेपाली रुपैयाँ पनि अवमूल्यन हुन्छ । किनभने नेपाली रुपैयाँको भारुसँग स्थिर विनिमय दर छ । त्यसैले भारतीय रुपैयाँमा आएको उतारचढाको असर नेपाली रुपैयाँमा पर्छ । भारतीय रुपैयाँ कमजोर हुँदा नेपली रुपैयाँको क्रयशक्ति पनि कमजोर हुन्छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- प्रधानन्यायाधीशद्वारा नवनियुक्त अध्यक्ष तथा सदस्यहरूलाई शपथ
- जिल्ला अदालत कास्कीद्वारा सहकारीका सञ्चालकसहित ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी
- झापाको मेचीनगरदेखि गौरीगञ्जसम्मको नेपाल-भारत सीमा स्तम्भको मर्मत सुरु
- रसुवागढी नाकाबाट चार महिनामा आठ जना पक्राउ
- हुम्ला र मुस्ताङमा बिहानैदेखि हिमपात सुरु
- सबै कम्युनिष्ट शक्ति एक हुन जरुरी : महासचिव गुरुङ
- सातदोबाटोमा नेपाली जुत्ताघर सञ्चालन
- प्रभु क्यापिटलका ग्राहकलाई मेरिना इम्पेक्समा छुट
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया