ओपन एआईबाट निष्काशित अल्टम्यान माइक्रोसफ्टमा
सान फ्रान्सिस्को । च्याट जीपीटी निर्माता कम्पनी ओपन एआईबाट बर्खास्त भएका साम अल्टम्यान माइक्रोसफ्टमा आबद्ध भएका छन् । माइक्रोसफ्टका प्रमुख कार्यकारी सत्य नडेलाले अल्टम्यान अब माइक्रोसफ्टको नयाँ आधुनिक आर्टिफिसियल इन्टेलिजेन्स टोली हाँँक्ने जनाएका हुन् ।
ओपनएआईका सहसंस्थापक ग्रेग ब्रोकम्यान माइक्रोसफ्टमा आबद्ध हुने भएका छन् । ओपन एआईको बोर्डले सीईओ साम अल्टम्यानलाई बर्खास्त गरेपछि ब्रोकम्यान पनि अलग हुने घोषणा गरेका थिए । अल्टम्यान तीव्र गतिमा विस्तार भइरहेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को क्षेत्रमा सबैभन्दा प्रभावकारी व्यक्ति मानिन्छन् ।
ओपन एआईको सीईओमा एमिट सेअर
ओपन एआईले ट्विचका सहसंस्थापक एमिट सेअरलाई नयाँ सीईओ नियुक्त गर्ने भएको छ । सेअरले एक्समा लेख्दै आफूले ओपन एआईले प्रस्ताव गरेको नयाँ जिम्मेवारी स्वीकार गरेको जनाएका छन् । ‘आज मलाई एउटा फोन आयो, फोनमा मलाई ओपन एआईको अन्तरिम सीईओ बन्नका लागि जीवनमा एक पटक प्राप्त हुने अवसरमाथि विचार गर्नका लागि आमन्त्रण गरियो, मेरो परिवारसँग परामर्श गरेपछि र केही घन्टासम्म विचार गरेपछि मैले उक्त पद स्वीकार गरेँ’, उनले सामाजिक सञ्जाल एक्समा भनेका छन् ।
कम्पनीबाट अन्य उच्च प्रोफाइलको प्रस्थानका साथै सह–संस्थापकलाई फिर्ता ल्याउनका लागि प्रमुख लगानीकर्ताहरूको दबाबमा ओपन एआईको बोर्डले शुक्रबार आफ्ना पूर्वसीईओ अल्टम्यानलाई बर्खास्त गरेको थियो ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- प्रधानन्यायाधीशद्वारा नवनियुक्त अध्यक्ष तथा सदस्यहरूलाई शपथ
- जिल्ला अदालत कास्कीद्वारा सहकारीका सञ्चालकसहित ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी
- झापाको मेचीनगरदेखि गौरीगञ्जसम्मको नेपाल-भारत सीमा स्तम्भको मर्मत सुरु
- रसुवागढी नाकाबाट चार महिनामा आठ जना पक्राउ
- हुम्ला र मुस्ताङमा बिहानैदेखि हिमपात सुरु
- सबै कम्युनिष्ट शक्ति एक हुन जरुरी : महासचिव गुरुङ
- सातदोबाटोमा नेपाली जुत्ताघर सञ्चालन
- प्रभु क्यापिटलका ग्राहकलाई मेरिना इम्पेक्समा छुट
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया