Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारबेइजिङमा प्रतिबन्धलाई खुकुलो पार्ने

बेइजिङमा प्रतिबन्धलाई खुकुलो पार्ने


चीन, जेठ ५
बेइजिङले कोरोना भाइरस (कोभिड–१९) को प्रकोप रोकथाम र नियन्त्रणका लागि ६८२ नर्सिङ होममा लिइएको कडा निगरानीलाई सोमबारदेखि केही खुकुलो पार्ने बताएको छ । सिन्ह्वाका अनुसार चीनमा कोरोना भाइरसको संक्रमणको जोखिम बढ्दै गएपछि ती संस्थामा रहेका करिब ४८ हजार ज्येष्ठ नागरिकहरूलाई वसन्त पर्व (स्प्रिङ फेस्टिवल) को विदामा घर पठाइएको थियो तर जनवरी २७ पछि उनीहरू कसैमा पनि संक्रमण नदेखिएपछि नर्सिङ होमलाई पुनः सञ्चालनमा ल्याउने भएको हो । नर्सिङ होममा फिर्ता वा नयाँ भर्ना हुने व्यक्तिहरूले १४ दिन आइसोलेसनमा र चिकित्सकको निगरानीमा बस्नुपर्ने छ भने न्युक्लियक एसिडसम्बन्धी कम्तीमा दुई वटा परीक्षण पनि गर्नुपर्नेछ । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया