Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचक्रवात अम्पुन : आँधीका कारण सेवाहरू अवरूद्ध

चक्रवात अम्पुन : आँधीका कारण सेवाहरू अवरूद्ध


ढाका, जेठ ७
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का सदस्य राष्ट्रहरू संयुक्त राष्ट्रसंघीय निकायद्वारा कोभिड–१९ बारे लिएको नीतिबारे स्वतन्त्र छानबिनका लागि मंगलबार सहमत भएका छन् । अमेरिकाद्वारा राष्ट्रसंघीय निकाय डब्लुएचओले महामारीविरूद्ध अख्तियार गरेको बाटोप्रति अमेरिकाले निरन्तर आलोचना गर्दै आएपछि यसका लागि स्वतन्त्र छानबिन गर्ने सहमति सदस्य राष्ट्रहरूबीच भएको हो । डब्लुएचओको वार्षिक सम्मेलनमा भाग लिने देहहरूले पहिलोपटक पूर्णरूपमा भेला भई कोरोनाभाइरस (कोभिड–१९) बाट सिर्जित संकटबारे अन्तर्राष्ट्रिय प्रतिक्रियाको ‘निष्पक्ष, स्वतन्त्र र बृहत् मूल्यांकन’को आह्वानमा सहमति गर्दै एक प्रस्ताव पारित भएको हो । जसमा डब्लुएचओले कोभिड–१९ को विश्वव्यापी महामारी नियन्त्रणका लागि गरेका कामको छानवीन र उनीहरूको सीमासमेत रहेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनका महानिर्देशक डाक्टर टेडरोज आध्यनोम गेब्रेयेसोसलाई संगठनमा महत्वपूर्ण परिवर्तन गर्न ३० दिनको अल्टिमेटमसहित पत्र पठाएको सार्वजनिक भएको केही घण्टापछि नै यो निर्णय आएको हो । उनले ३० दिनभित्र महत्वपूर्ण परिवर्तन नगरेमा अमेरिकाले डब्लुएचओलाई दिँदै आएको सहयोग स्थायी रुपमा बन्द गर्ने चेतावनी दिएका थिए । कोरोना भाइरसको महामारी नियन्त्रणमा पर्याप्त काम गर्न नसकेको तथा चीनको पक्ष लिएको आरोप लगाउँदै ट्रम्पले डब्लुएचओलाई दिँदै आएको सहयोग अस्थायी रुपमा रोकेका छन् ।

पत्रमा ट्रम्पले महामारी नियन्त्रणका लागि अत्यावश्यक काम नगरेको भन्दै डब्लुएचओको आलोचना गर्नुभएको बताइउको छ । गएको वर्षको डिसेम्बरमा चीनको वुहानमा कोरोना भाइरसको संक्रमण फैलिएकै बेला डब्लुएचओले सही र वास्तविक सूचना दिन नसकेको आरोप ट्रम्पको रहेको छ । लगातार चीनको प्रशंसा गरेको भन्दै ट्रम्पले डब्लुएचओको आलोचना गरेका उनले डब्लुएचओले आफूलाई चीनबाट स्वतन्त्र रहेको देखाउनु नै अबको एक मात्र विकल्प रहेको बताएका छन् । त्यसका लागि डब्लुएचओ प्रतिबद्ध नरहेमा अमेरिकाले दिँदै आएको आर्थिक सहयोग सदाका लागि बन्द गर्ने सदस्यताबारे पनि पुनर्विचार गर्ने चेतावनी ट्रम्पको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया