Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजाररोल्स रोयसले नौ हजार रोजगारी कटौती गर्ने

रोल्स रोयसले नौ हजार रोजगारी कटौती गर्ने


अमेरिका, जेठ ८
जेट इन्जिन उत्पादन गर्दै आएको रोल्स रोयसले ९ हजार रोजगारी कटौती गर्ने घोषणा गरेको छ । बीबीसीका अनुसार हवाइ उद्योग विश्व महामारीको प्रभावबाट तंग्रिन वर्षौँ लाग्ने भन्दै कम्पनीले उक्त निर्णय गरेको हो । कम्पनीले विश्वभर रहेका ५२ हजार रोजगारीमध्ये उक्त संख्यामा कटौती हुने जनाएको छ । ९ हजार रोजगारी कटौती गर्दा कम्पनीको ७० करोड पाउन्ड स्टर्लिङ बचत हुनेछ । वार्षिक रुपमा कम्पनीले १ अर्ब ३० करोड पाउन्ड बचतको लक्ष्य राखेको छ । त्यस्तै कम्पनीले आफ्ना प्लान्टलगायतका क्षेत्रमा पनि खर्च कटौती गर्ने जनाएको छ ।  (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया