Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारदक्षिण कोरियामा उच्च शिक्षाका कक्षा सुरु

दक्षिण कोरियामा उच्च शिक्षाका कक्षा सुरु


अमेरिका, जेठ ८
दक्षिण कोरियामा उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरुले फेरी विद्यालयमै गएर अध्ययन गर्न थालेका छन् । एपीका अनुसार विश्वभर अध्ययन अध्यापनको कार्य अवरुद्ध भइरहेका बेला दक्षिण कोरियामा शैक्षिक संस्थाहरु पुनः सञ्चालन गर्न थालिएको हो । देशभर बुधबारदेखि हजारौँ सयौँ उच्च शिक्षालयहरु संचालन हुन थालेको अधिकारीहरुले जानकारी दिएका छन् । शिक्षालयमा प्रवेश गर्नु अघि शिक्षक तथा विद्यार्थीहरुको तापक्रम मापन गरिने, मास्क तथा स्यानिटाइजरको प्रयोग, अन्य आधारभूत स्वास्थ्य सतर्कताहरु अपनाउनेलगायतका प्रक्रिया लागू गर्नैपर्ने व्यवस्था गरिएको उनीहरुको भनाइ छ ।

विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमणका कारण लामो समय बन्द गरिएका शैक्षिक संस्थाहरु नयाँ तरिकाले सञ्चालन गर्न लागिएका छन् । रोगको डरले लामो समय लकडाउन समेत लगाइएकाले विद्यार्थीहरुको अध्ययन कार्य प्रभावित भएको थियो । अहिले सञ्चालन गर्न थालिएका शिक्षालयहरुमा बस्ने, पढ्ने, पढाउने, छलफल गर्ने लगायतका गतिविधिहरु पहिलाभन्दा फरक रहेको विद्यार्थीहरुले बताएका छन् ।

देशको शिक्षा मन्त्रालयले हरेक विद्यार्थीको अनुहार छेक्ने गरी डेक्समा प्लाष्टिकको नयाँ संरचना बनाउन लगाइएको जनाएको छ । एक विद्यार्थीको नाक, मुखबाट निस्किने श्वास अर्को विद्यार्थीसम्म सजिलै नपुगोस् भन्ने उद्देश्यले अनुहार छेक्ने पारदर्शी संचरना प्लाष्टिकको बनाउन लगाइएको मन्त्रालयको भनाइ छ । अहिले उच्च शिक्षामा अध्ययनरत विद्यार्थीहरुका लागि मात्रै अध्ययन अध्यापन कार्य सञ्चालन गरिएको मन्त्रालयका अधिकारीहरुले जनाएका छन् । उनीहरुले सानो उमेरका विद्यार्थीहरुका लागि चरण चरणमा अध्ययन अध्यापन कार्य सुरु गराइने जानकारी दिएका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया