Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारग्यास दुर्घटनाका बारेमा एलजीका अध्यक्षले माफी मागे

ग्यास दुर्घटनाका बारेमा एलजीका अध्यक्षले माफी मागे


सोल, जेठ ८
एलजी समूहका अध्यक्ष कू ग्वाङ–मोले भारतको विशाखापटनमस्थित एलजी केमिकल्समा दुई साताअघि भएको दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । ग्यास चुहिएर भएको उक्त दुर्घटनामा १२ जनाको मृत्यु हुनुका साथै कम्तीमा एक हजार व्यक्ति घाइते भएका थिए । दक्षिण कोरियामा व्यावसायिक घरानाबाट सञ्चालित उद्योग समूहमध्ये यो चौथो ठूलो समूह हो । दक्षिण कोरियाको सबैभन्दा ठूलो रसायन कम्पनीमध्येको एक एलजी केमिकल्सको सहायक कम्पनीका रुपमा भारतमा एलजी पोलिमर्सका रुपमा उद्योग सञ्चालनमा छ । गत बुधबार पनि दक्षिण कोरियाको सियोसानमा रहेको एलजी केमिकल्समा आगलागी हुँदा एक जना अनुसन्धाताको मृत्यु हुनुका साथै दुई जना मजदूर घाइते भएका छन् ।

एलजी केमिकल्सले पेट्रोकेमिकल्स, प्लास्टिक रेजिन र इन्जिनियरिङ प्लास्टिक उत्पादन गर्दछ । यसका कारखनाहरु दक्षिण कोरिया सहित संयुक्तराज्य अमेरिका, ब्राजिल, चीन र अस्ट्रेलिया समेत धेरै देशमा रहेका छन् । यस कम्पनीले औद्योगिक तथा इलेक्ट्रोनिक्स सामग्रीका साथै हाइब्रिड र इलेक्ट्रिक कारका लागि उच्च उणस्तरका ब्याट्रीको उत्पादन गर्दछ । यसका ग्राहकहरुमा मर्सि्डिज बेन्ज, भोल्भो, भक्सवागेन र बिएमडब्लु कारहरु रहेका छन् । एलजी केमिकल्सले गत वर्ष २४ अर्ब ५० करोड अमेरिकी डलर बराबरको सामान बिक्री गरेको थियो भने सञ्चालन नाफा ८ करोड डलर गरेको थियो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया