Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारइजरायली प्रधानमन्त्री नेतान्याहुको भ्रष्टाचार मुद्दामा सुनुवाई सुरू

इजरायली प्रधानमन्त्री नेतान्याहुको भ्रष्टाचार मुद्दामा सुनुवाई सुरू


जेरुसेलम, जेठ १२
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको भ्रष्टाचारसम्बन्धी मुद्दामाथि आइतबार सुनुवाइ सुरू भएको छ । एएफपीका अनुसार पहिलो दिनको सुनुवाइ करिब एक घण्टा भएको इजरायली अधिकारीले बताएका छन् । सुनुवाइका क्रममा नेतान्याहुले आफ्नो पहिचानका बारेमा पुष्टि गर्ने खालका धारणा मात्र राखेका छन् । त्यसपछि अदालतले सुनुवाइलाई स्थगित गरेको थियो । इजरायली राजनीतिमा अनुभवी नेता नेतान्याहुको पक्षमा वकालत गर्ने टोलीले प्रमाण समिक्षा गर्नका लागि प्रशस्त समयका लागि अनुरोध गरेका बताइएको छ । अदालतले अर्को सुनुवाइकाको लागि मिति निर्धारण नगरीकन सुनुवाइलाई स्थगित गरेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया