Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारतालिबान र घानीद्वारा तीन दिनका लागि युद्धविराम घोषणा

तालिबान र घानीद्वारा तीन दिनका लागि युद्धविराम घोषणा


इस्लामावाद, जेठ १२
अफगानिस्तानमा तालिवान समूह र सरकारी पक्षले तीन दिने युद्धविरामको घोषणा गरेका छन् । मुस्लिम धर्मावलम्बीहरुको महत्वपूर्ण चाड मानिने रमजानको अवसरमा युद्धविरामको घोषणा गरिएको दुवै पक्षले जनाएका छन् । आइतबारदेखि लागु हुने गरी शनिबार राति अबेर दुवै पक्षले युद्धविराम घोषणा गरेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

मुस्लिम धर्मावलम्बीहरुको महत्वपूर्ण चाड रमजानको समापनको समय आएकाले मुस्लिम बाहुल्यता रहेको अफगानिस्तानमा दुवै पक्षले युद्धविराम घोषणा गरेका हुन् । तालिबान विद्रोहीको तर्फबाट युद्धविराम घोषणा गर्दै जारी गरिएको सूचनामा यस अवधिमा कुनै हिंसात्मक घटना आफ्नो तर्फबाट नहुने दाबी गरिएको छ ।

अफगानिस्तानमा विभिन्न विद्रोही समूह र सरकारी पक्षका विचमा लामो समयदेखि द्वन्द्व चल्दै आएको छ । द्वन्द्वका कारण हजारौंको मृत्यु भइसकेको छ भने त्यो भन्दा धेरै विस्थापित भएका छन् । अफगानिस्तानका दुवै पक्षले युद्धविराम घोषणा गरेकोप्रति संयुक्त राष्ट्रसंघले खुसी व्यक्त गर्दै स्वागत गरेको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले यसअघि भएको शान्ति सम्झौतालाई पूर्ण रुपमा पालना गर्न आह्वान पनि गरेका छन् । अहिले घोषित युद्धविरामलाई निरन्तरता दिँदै शान्ति प्रक्रियाबाट अगाडी बढ्नु पर्नेमा उनले जोड दिए । (रासस/एपी)


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया