लालसागरमा हुथी विद्रोहीको आक्रमण रोकिएन
वासिङटन डिसी । संयुक्त राज्य अमेरिका र बेलायती नौसैनिक सेनाले मंगलबार दक्षिणी लालसागरतर्फ यमनमा आधारित हुथीहरुले प्रहार गरेको २१ ड्रोन र मिसाइलहरु खसालिदिएका छन् । हुथी अक्रमण जारी रहेपछि अमेरिका र बेलायतले अन्तर्राष्ट्रिय सिपिङ लेनहरुको सुरक्षाका लागि थप उपायहरु अवलम्बन गर्ने संकेत गरेका छन् ।
दक्षिणी लालसागर सामान ढुवानीका लागि सबैभन्दा ठूलो ट्रान्जिट क्षेत्र हो । गाजामा इजरायल र हमासबीचको तीन महिना लामो युद्ध मध्यपूर्वका अन्य भागहरूमा फैलिएको बेलामा बेलायती रक्षा सचिव ग्रान्ट शाप्सले विद्रोहीहरूले यस क्षेत्रमा गरेको यो सबैभन्दा ठूलो हमला भएको बताएका छन् । उनले यो आक्रमण जारी रहन दिन नहुने बताएका छन् ।
अमेरिकी सेन्ट्रल कमान्डले नोभेम्बर १९ यता हुथी समूहले लालसागरमा व्यापारिक ढुवानी लेनहरुमा २६औँ पटक आक्रमण गरेको तर अहिलेसम्म कुनै क्षति नभएको बताएको छ ।
हुथी सेनाका प्रवक्ता याह्या सारीले इरानी समर्थित लडाकूहरुले इजरायललाई समर्थन गर्ने अमेरिकी जहाजमा ठूलो संख्यामा ब्यालिस्टिक र नौसेना मिसाइल र ड्रोनहरु प्रहार गरको बताएका छन् । अमेरिका र बेलायतले लालसागरमा जहाजलाई हुथी आक्रमणबाट जोगाउन नौ सैनिक सेना तैनाथ गरेका छन् ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- चालु १६औँ अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित
- सरकारको ध्यान राजनीतिक स्थिरतासँगै नीतिगत स्थिरतामा केन्द्रित छः उपप्रधानमन्त्री पौडेल
- विदेशी लगानी प्रवर्द्धन र व्यापार विस्तारमा ध्यान दिन जरुरी छ: मन्त्री भण्डारी
- असोज २ गते मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने
- भारतलाई चिढ्याउने बाङ्ग्लादेशको ‘मेगाफोन कूटनीति’ के हो?
- अन्तत: २५ सय बिन्दुमा खुम्चियो शेयर बजार
- पाँचथरमा मृतक दुई बालबालिकाका परिवारलाई पाँच-पाँच लाख दिइने
- विश्व बैंकका उच्च अधिकारी र उपप्रधानमन्त्री सिंहबीच भेटवार्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया