Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचीनमा थप ५१ जना कोरोनाभाइरसबाट संक्रमित

चीनमा थप ५१ जना कोरोनाभाइरसबाट संक्रमित


बेइजिङ, जेठ १३
चीनमा थप ५१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमित भएकामध्ये अधिकांश कोरोनाभाइरसको उद्गमस्थल मानिएको वुहानका रहेको जनाइएको छ । त्यस ठाउँमा पछिल्लो दश दिनमा ६० लाख मानिसको स्वास्थ्य परीक्षण गरिएको छ । सरकारी स्वास्थ्य अधिकारीहरुले सोमबार दिएको जानकारी अनुसार अहिले थपिएका ११ जना संक्रमितको विवरण आइतबार नै आएको थियो । ती ११ जनामध्ये दश जना मङ्गोलिया स्वशासित क्षेत्र र एक जना सिचुवान प्रान्तमा रहेको चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ ।

पूर्णरुपमा कोरोनाबाट संक्रमित हुन बाँकी रहेका तर शंकास्पद अवस्थाका अरु ४० जनामध्ये ३८ जना बुहानका रहेका छन् । चीनमा अहिले कुल ३ सय ९६ जना यस्तै प्रकारका विरामी उपचाररत अवस्थामा रहेको अधिकारीहरुले जानकारी दिएका छन् । तीमध्ये ३ सय २६ जना त वुहानमा मात्रै रहेका छन् । यस्ता शंकास्पद भनिएको विरामीहरुलाई स्वास्थ्य परिक्षण गर्दा कोरोनाभाइरसबाट संक्रमित भएको पुष्टि हुन्छ, तर लक्षणहरु भने नहुने गरेको अधिकारीहरुको भनाइ छ । तर पनि उनीहरुलाई कोरोनाभाइरसबाट संक्रमितहरुलाई झै नै व्यवहार गर्ने गरिन्छ । वुहानमा यसअघि जनवरी र मार्च महिनामा मात्रै ५० हजारभन्दा बढी संक्रमित भएको पाइएको थियो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया