Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारविश्वभर संक्रमितको संख्या ५५ लाख ३७ हजार २३ लाखभन्दा बढी निको भए

विश्वभर संक्रमितको संख्या ५५ लाख ३७ हजार २३ लाखभन्दा बढी निको भए


काठमाडौं, जेठ १३
विश्वव्यापी महामारीको कारक बनेको कोभिड–१९ बाट विश्वभर संक्रमितको संख्या ५५ लाख ३० हजार ८२ पुगेको छ । डिसेम्बरदेखि सोमबार साँझसम्ममा विश्वभर २३ लाख २० हजार ३ सय ८० पुगेको वर्ल्डोमिटरले जनाएको छ । अहिलेसम्म विश्वभर तीनलाख ४७ हजार २ सय ९३ व्यक्तिको मृत्यु भएको छ भने विगत २४ घण्टामा विश्वभर ७ सय ४२ व्यक्तिको मृत्यु भएको छ । संक्रमितमध्ये सबैभन्दा धेरै अमेरिकामा १६ लाख ८९ हजार ६ सय १८ रहेका छन् भने ब्राजिलमा तीन लाख ६५ हजार २ सय १३, रूसमा तीन लाख ५३ हजार ४ सय २७, स्पेनमा दुई लाख ८२ हजार ८ सय ५२, बेलायतमा दुई लाख ५९ हजार ५ सय ५९ र इटलीमा दुई लाख २९ हजार ८ सय ५८ संक्रमित रहेका छन् ।

संक्रमणका कारण अमेरिकामा मृत्यु हुनेको संख्या ९९ हजार ३ सय ८१ रहेको छ । त्यसैगरी बेलायतमा ३६ हजार ७ सय ९३, इटलीमा ३२ हजार ७ सय ८५, स्पेनमा २८ हजार ७ सय ५२, फ्रान्समा २८ हजार ३ सय ६७ र ब्राजिलमा २२ हजार ७ सय ४६ संक्रमितको मृत्यु भएको छ । संक्रमित धेरै भएर पनि कम मृत्यु भएका देशहरूमा रूस अग्रस्थानमा रहेको छ भने जर्मनी, टर्की, भारत, इरान र पेरू रहेका छन् । यी मुलुकबाहेकका देशमा संक्रमितको सङ्ख्या एक लाखभन्दा कम रहेको छ । एसियामा टर्की, भारत, इरानमा एक लाखभन्दा बढी संक्रमित भएका मुलुकहरू हुन् । चीन, साउदी अरब, पाकिस्तान, कतार, बंगलादेश सिंगापुर, संयुक्त राज्य इमिरेट्स, इन्डोनेसिया र कुबेतमा संक्रमणका कारण बढी प्रभावित मुलुक हुन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया