Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतमा आइतबारको तुलनामा सोमबार संक्रमितको संख्यामा केही कमी

भारतमा आइतबारको तुलनामा सोमबार संक्रमितको संख्यामा केही कमी


नयाँ दिल्ली, जेठ १४
भारतमा कोरोना भाइरसबाट गएको २४ घण्टायता आइतबारको तुलनामा सोमबार संक्रमितहरु केही कमी देखिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ५ सय ३५ जना संक्रमित भेटिएका हुन् । यस अघिल्लो दिन ६ हजार ९ सय ७७ जना संक्रमित भेटिएका थिए । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएअनुसार यो सहित भारतमा कोरोना संक्रमितको कूल संख्या एक लाख ४५ हजार ३ सय ८० पुगेको छ । त्यसैगरी भारतमा विगत २४ घण्टामा १ सय ४६ जनाको मृत्यु भएको छ । यहाँ कोरोना भाइरसबाट अहिलेसम्म ४ हजार १ सय ६७ जनाको मृत्यु भएको पनि अधिकारीहरुले जनाएका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया