Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारम्याकलारेनले १२ सय रोजगारी कटौती गर्ने

म्याकलारेनले १२ सय रोजगारी कटौती गर्ने


लन्डन, जेठ १४
बेलायतको सुपरकार निर्माता कम्पनी म्याकलारेनले १२ सय रोजगारी कटौती गर्ने भएको छ । म्याकलारेन फर्मुला १ कारको निर्माता सदस्य पनि हो । कम्पनीले कुलमध्ये झण्डै एक चौथाइ रोजगारी कटौती गर्नलागेको हो । उक्त कम्पनीले ४ हजार जनालाई रोजगारी प्रदान गर्दै आएको छ । रोजगारी कटौतीमध्ये धेरै बेलायतमा हुने बताइएकाो छ । कोरोना महामारीका कारण फर्मुला १ को बिक्रीमा ह्वात्तै गिरावट आएको छ । यो कार खासगरी कार रेसिङमा प्रयोग हुने गर्छ । वर्तमान संकटले कम्पनीलाई नराम्रो असर परेको जनाइएको छ । कम्पनीले अहिले खर्च कटौतीलाई जोड दिइरहेको छ । कार्यशक्ति घटाउनुको विकल्प नभएको कम्पनीका प्रमुख पल वाल्सले एक वक्तव्यमा जनाएका छन् । म्याकलारेनमात्र हैन, मर्सिडिज, फेरारी, रेडबुल जस्ता ठूला कार निर्माताले पनि कार्यशक्ति घटाउने कदम चालिसकेकका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया