Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजार‘दिल्ली–बैंग्लोरको हवाइ यात्रामा पाँच वर्षे बालकको एकल यात्रा’

‘दिल्ली–बैंग्लोरको हवाइ यात्रामा पाँच वर्षे बालकको एकल यात्रा’


नयाँ दिल्ली, जेठ १४
सोमबारदेखि आन्तरिक उडान सुरु गरेको भारतमा उडानमार्फत विभिन्न गन्तव्य जाने यात्रुहरूको संख्या ५८ हजार ३ सय १८ पुगेको भारतीय उड्ययन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार सोमबार देशका विभिन्न स्थानबाट कुल ८ सय ३२ उडान गरिएको थियो । सोमबारका उडानहरूमध्ये एउटा यस्तो उडान भएको छ जसमा एक पाँच वर्षका बालकले एकल हवाइ यात्रा गरेका छन् । तीन महिनादेखि दिल्लीमा फसेका पाँच बर्षीय बालक बिहान शर्माका लागि सोमबार दिल्ली–बैंग्लोरको यात्रा आफ्नी आमासँग भेट गर्ने अनौठो संयोग बनेको हो । परिवारबाट टाढा रहेका शर्मा दिल्लीमा आफन्तकहाँ बस्दै आएका थिए ।

बैंग्लोरमा शर्माकी आमाले उनलाई रिसिभ गरेकी हुन् । सोमबार जब बिहान बैंग्लोर एयरपोर्टमा पुग्दा उनकी आमा छोराको प्रतीक्षा गरिरहेकी थिइन् । उनले छोरा दिल्लीबाट आएको जहाजमा एक्लै आएका विमानका कर्मचारीले आफूलाई बताएको जानकारी गराइन् । एएनआईले एकल यात्रा गर्ने ती बालकको हातमा विशेष श्रेणीको कार्ड बोकेको तस्बिर सार्वजनिक गरेको छ । बिहान शर्मा केही दिनको छुट्टीमा दिल्लीमा रहेका आफ्ना हजुरबुवा र हजुरआमालाई भेट्न गएका समय लकडाउन भएपछि उनी तीन महिनासम्म आफ्नो काखबाट टाढा रहेको उनकी आमाले बताइन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया