Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारब्राजिलबाट अमेरिका आउने गैरअमेरिकीलाई पूर्वघोषित समयभन्दा दुई दिनपहिल्यै प्रवेश प्रतिबन्ध

ब्राजिलबाट अमेरिका आउने गैरअमेरिकीलाई पूर्वघोषित समयभन्दा दुई दिनपहिल्यै प्रवेश प्रतिबन्ध


वासिड.टन, जेठ १४
कोरोनाभाइरस संक्रमण नियन्त्रणका लागि भन्दै अमेरिकाले मंगलबारदेखि ब्राजिलबाट अमेरिका आउने गैर–अमेरिकीलाई प्रवेशमा प्रतिबन्ध लगाएको छ । अमेरिकाले यस पहिले गरेको निर्णयमा ब्राजिलबाट अमेरिका प्रवेशमा बिहीबारदेखि प्रतिबन्ध लगाउने बताइएको थियो । यो निर्णय अमेरिकी नागरिकका लागि भने लागु नहुने अमेरिकाले जनाएको छ ।

ह्वाइट हाउसले स्थानीय समय अनुसार सोमबार आफ्नो पूर्वनिर्णयमा परिवर्तनको घोषणा गरेको हो । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार ब्राजिल कोरोना भाइरस संक्रमणका हिसाबले अमेरिकापछि दोस्रो स्थानमा रहेको छ । ह्वाइट हाउसले ब्राजिलको स्थिति ल्याटिन अमेरिकाको सबैभन्दा बढी प्रभावित देशको रूपमा आइतबार बताएको छ । यो प्रतिबन्धको घोषणाले अमेरिकामा थप संक्रमितको संख्यालाई नियन्त्रण गर्न मद्दत गर्ने अमेरिकाको विश्वास छ ।

प्रतिबन्ध अमेरिकी नागरिक वा कानूनीरूपमा स्थायी बासिन्दाका रूपमा प्रमाणित विदेशी नागरिक र उनीहरूका पति, पत्नी, आमाबाबु तथा बच्चाहरूमा लागू हुँदैन । अमेरिकामा मंगलबारसम्ममा विश्वकै सबैभन्दा बढी १७ लाख आठ हजार २ सय ६५ व्यक्तिमा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ भने ब्राजिलमा विश्वकै दोस्रो धेरै तीन लाख ७६ हजार ६ सय ६९ संक्रमित रहेका छन् ।

विश्वमा धेरै संक्रमण भएका अन्य मुलुकहरूमा रूसमा तीन लाख ६२ हजार ३ सय ४२, स्पेनमा दुई लाख ८२ हजार ४ सय ८०, बेलायतमा दुई लाख ६१ हजार १ सय ८४, स्पेनमा दुई लाख ३० हजार १५८ र फ्रान्समा एक लाख ८२ हजार ९ सय ४२ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया