Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारएस्टोन मार्टिनको सेयर ९४ प्रतिशतले घटेपछि प्रमुखले पद छाडे

एस्टोन मार्टिनको सेयर ९४ प्रतिशतले घटेपछि प्रमुखले पद छाडे


वेलायत, जेठ १४
विलासी कार निर्माता बेलायती कम्पनी एस्टन मार्टिनका प्रमुख कार्यकारी एन्डी पाल्मरले पद छोड्ने भएका छन् । उनको स्थान तोबियस मोर्सले अगस्ट १ देखि लिने भएका छन् । त्यस समयसम्मका लागि केथ स्टान्सन अन्तरिम प्रमुख सञ्चालन अधिकृत रहने बीबीसीले जनाएको छ । मोर्स मर्सिडिजको सब्सिडरी कम्पनी एएमजीबाट एस्टन आएका हुन् । एएमजीमा उनी अहिले प्रमुख कार्यकारी अधिकृत छन् । कोरोना महामारी सुरु हुनुअघि देखि नै कम्पनीको अवस्था बिग्रिनथालेको थियो । भाइरस महामारीपछि कम्पनीको सेयर ९४ प्रतिशतले झरेको छ । कम्पनीले एक विज्ञप्ति जारी गर्दै प्रमुखले राजीनामा दिने जनाएको हो ।

कम्पनीका अनुसार अहिले नेतृत्व परिवर्तन गर्नु उपयुक्त बेला पनि हो । पाल्मरले भने कम्पनीमा ६ वर्षसम्म काम गर्न पाउनु आफ्ना लागि ठूलो कुरा भएको बताएका छन् । उनले व्यवस्थापन र कम्पनीका कर्मचारीलाई धन्यवाद समेत दिएका छन् । यसबाहेक व्यवस्थापनमा समेत केही निर्देशकहरु प्रिवर्तन भइसकेका छन् । निर्देशकहरु रिचार्ड सोलोमोन, इमेल्डा वाल्स र टेन्सी ह्वेलनले शनिबारदेखि पद छाडिसकेका छन् ।

नेतृत्व परिवर्तनको समाचार आएपछि कम्पनीको सेयर ४० प्रतिशतभन्दा बढीले उकालो लागेको छ । कम्पनीले चालू वर्षको पहिलो तीन महिनामा ५ सय ७८ वटा सवारीसाधन बिक्री गरेको छ । जुन अघिल्लो वर्षको सोही अवधिको १ हजार ५७ को तुलनामा निकै कम हो । यसले कम्पनीको करअघिको घाटा ११ करोड ८९ लाख पाउन्ड स्टर्लिङ पुगेको छ । जुन १ वर्षअघि १ करोड ७३ लाख पाउन्ड थियो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया