Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचीनको औद्योगिक नाफा बढ्यो

चीनको औद्योगिक नाफा बढ्यो


बेइजिङ । चीनका प्रमुख औद्योगिक फर्महरूले आफ्नो नाफा बढाएका छन् । आधिकारिक तथ्यांकमा सन् २०२३को डिसेम्बरसम्म लगातार पाँचौँ महिना औद्योगिक फर्महरूले नाफा बढाएको देखिएको छ ।

राष्ट्रिय तथ्यांक ब्युरोका अनुसार गत डिसेम्बरमा वार्षिक मुख्य व्यापार राजस्व दुई करोड युआन (दुई दशमलव आठ मिलियन अमेरिकी डलर) भन्दा बढी भएका प्रमुख औद्योगिक फर्महरूको नाफा १६ दशमलव आठ प्रतिशतले बढेको छ । उद्योगहरुले यस वर्षका लागि सात दशमलव ६९ ट्रिलियन युआन नाफा पुगेको बताएका छन् ।

बिजुली, हिटिङ, ग्यास र पानी उत्पादन र आपूर्ति क्षेत्रका उद्योगहरूको नाफामा राम्रो सुधार भएको देखिन्छ । यी उद्योगहरूको संयुक्त नाफा ५४ दशमलव सात प्रतिशतले बढेको देखिएको छ । यो वृद्धिले देशको समग्र आर्थिक वृद्धिमा तीन दशमलव एक प्रतिशत विन्दु योगदान गरेको छ ।

यस्तै उपकरण उत्पादन क्षेत्रको नाफा चार दशमलव एक प्रतिशतले बढेको छ । जुन सन २०२२ को वृद्धिदरको तुलनामा दुई दशमलव चार प्रतिशत विन्दुले बढी हो । ब्युरोले अनुगमन गरेका ४१ औद्योगिक वर्षमध्ये २७ वटाले नाफा बढाएको उल्लेख गरेको छ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

ताजा अपडेट