नितिशकुमार नवौं पटक बिहारको मुख्यमन्त्री
पटना । जनता दल युनाइटेड (जदयू)का अध्यक्ष नितिशकुमार नवौँ पटक बिहार राज्यको मुख्यमन्त्री बनेका छन् । नितिश कुमारले आइतबार बिहान राज्यपाल राजेन्द्र आर्लेकरलाई मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । राजीनामापछि उनले आफ्नो पार्टी महागठबन्धनबाट अलग भएको बताएका थिए ।
नितिशले आइतबार नै भारतीय जनता पार्टी (भाजपा) लगायतका एनडीए घटकका दलहरूको समर्थनमा पुनः मुख्यमन्त्री नियुक्त भएका हुन् । उनी राष्ट्रिय जनता दल (राजद), भारतीय राष्ट्रिय कांग्रेस आई र कम्युनिस्ट दलसँगको महागठबन्धन छाडेर भाजपासँगको गठबन्धनका लागेका हुन् । उनी कहिले नेसनल डेमोक्रेटिक अलाएन्स (एनडीए) त कहिले महागठबन्धनको पल्लामा जाने गरेका छन् । यही कारण पदको लोभी भएको भन्दै नितिश कुमारको चर्को आलोचना भइरहेको छ ।
भारतमा यसैवर्ष आमचुनाव हुँदै छ । नितिशको यो कदमलाई चुनावअघिको चलखेलका रूपमा लिइएको छ । नितिश सत्ताका लागि जता पनि ढल्कने र जोसँग पनि मिल्ने अवसरवादी नेताको आरोप लाग्ने गरेका छन् । यसपटक गठबन्धन परिवर्तन गरेर नितिशले त्यसलाई पुष्टि गरेका छन् ।
नितिशकुमार पछिल्लो दुई दशकदेखि बिहारको राजनीतिको केन्द्रमा छन् । नितिश सन् २०००मा पहिलो पटक बिहारको मुख्यमन्त्री बनेका थिए । त्यसपछि सन् २००५, सन् २०१०, सन् २०१५, सन् २०१७, सन् २०२० र सन् २०२२मा मुख्यमन्त्री बनेका थिए ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- एक वर्षमा ११ अर्ब रुपैयाँ बढ्यो बैंकहरूको चुक्ता पुँजी
- संसदीय सुनुवाइ समितिबाट १६ देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
- विकास निर्माणका लक्ष्य किन सधैँ अधुरा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया