Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारविश्वभर कोरोना संक्रमित ६० लाखभन्दा बढी

विश्वभर कोरोना संक्रमित ६० लाखभन्दा बढी


काठमाडौं, जेठ १८
शनिबारसम्ममा विश्वभर संक्रमितको संख्या ६० लाख ६९ हजार पुगेको प्रभावित मुलुकहरूका स्वास्थ्य मन्त्रालय तथा सम्बद्ध संस्थाहरूले उपलब्ध गराएको तथ्यांकमा उल्लेख गरिएको छ । त्यस्तै मृत्यु हुनेको संख्या तीन लाख ६७ हजार ५ सय ४१ भन्दा बढी पुगेको जनाएको छ । अमेरिकामा कोरोनाभाइरस संक्रमण पुष्टि हुनेको संख्या १७ लाख ९४ हजार १ सय ५३ रहेको छ भने एक लाख चार हजार ५ सय ५० संक्रमित अमेरिकीको अहिलेसम्म मृत्यु भएको छ । अमेरिकामा व्यक्तिको उपचारपछि निको हुने संक्रमित व्यक्तिको संख्या पाँच लाख १९ हजार ६ सय ११ पुगेको छ ।

अहिलेसम्म कोरोना भाइरसका कारण सबैभन्दा धेरै मृत्य अमेरिकामा भएको छ भने त्यसपछि क्रमशः बेलायत, इटली, फ्रान्स र ब्राजिल रहेका छन् । बढी प्रभावित दक्षिण एशियाली मुलुकमा धेरै संक्रमितको संख्या भारतमा रहेको छ । पाकिस्तान, बंगलादेश, अफगानिस्तान, नेपाललगायतका मुलुकमा पनि पछिल्ला दिनहरूमा संक्रमितको संख्या बढ्दो क्रममा रहेको छ । भारतमा संक्रमितको संख्या एक लाख ७४ हजारभन्दा बढी पुगेको छ भने पाकिस्तानमा ६६ हजार ४ सय ५७, बंगलादेशमा ४४ हजार ६ सय ८ र अफगानिस्तानमा १४ हजार संक्रमित रहेका छन् ।

नेपालमा शनिबारसम्म संक्रमितको संख्या एक हजार ४ सय १ पुगेको छ भने छ जनाको मृत्यु भएको छ । ब्राजिलमा विगत २४ घण्टामा एक हजारभन्दा बढी संक्रमितको मृत्यु भएको छ । विश्वव्यापी महामारीबाट बढी प्रभावित मुलुकहरूमध्ये ब्राजिल पाँचौ स्थानमा परेको छ । कोरोनाभाइरस संक्रमणका विगत २४ घण्टाको समयमा मृत्यु हुनेको संख्या एक हजारभन्दा बढी पुगेको ब्राजिलको स्वास्थ्य मन्त्रालयले शनिबार जानकारी गराएको छ ।

ब्राजिलमा शनिबारसम्म २७ हजार ८७८ कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको मन्त्रालयले जानकारी गराएको छ । ‘शनिबारसम्ममा ब्राजिलमा कोभिड–१९ संक्रमण पुष्टि भएका व्यक्तिहरूको संख्या चार लाख ६५ हजार १ सय ६६ पुगेको छ भने मृत्यु हुनेको संख्या एक हजार १ सय २४ पुगेको छ’, मन्त्रालयद्वारा शनिबार जारी विज्ञप्तिमा भनिएको छ । पछिल्लो २४ घण्टामा ब्राजिलमा कूल २६ हजार ९२८ व्यक्तिमा कोरोनाभाइरस संक्रमणको पुष्टि भएको छ । दक्षिण अमेरिकी मुलुक ब्राजिलमा सबैभन्दा बढी साओपाओलामा एक लाख व्यक्ति संक्रमित भेटिएका छन् भने करिब सात हजार ३०० संक्रमित व्यक्तिको मृत्यु भएको छ । त्यसपछि बढी प्रभावित स्थानहरूमा रियो दि जेनेरियो, सिएरालगायतका सहर रहेका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया