Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारनिसानले उत्पादन क्षमता २० प्रतिशतले घटाउने

निसानले उत्पादन क्षमता २० प्रतिशतले घटाउने


जापान, जेठ १९
सवारीसाधन निर्माता निसानले उत्पादन क्षमता २० प्रतिशतले घटाउने घोषणा गरेको छ । कम्पनीले दशकयता पहिलो वार्षिक सञ्चालन घाटा व्यहोरेपछि उक्त निर्णय गरेको एजेन्सीहरुले जनाएका छन् । कम्पनीले मार्चमा सकिएको आर्थिक वर्षमा ३७ करोड ६० लाख डलर घाटा व्यहोरेको जनाएको थियो । अघिल्लो आवको सोही अवधिमा भने कम्पनीले २ अर्ब ९० करोड सञ्चालन मुनाफा हासिल गरेको थियो । यो सन् २००९ यताकै खराब अवस्था भएको जनाइएको छ ।

विश्व महामारी अझै नसकिएको कारण अझै कम्पनीले कति घाटा व्यहोर्ने एकीन नभएको कम्पनीका सीईओ माकोतो उचिदाले बताए । कम्पनीको यस्तो घोषणा निसान, रेनल्ट र मित्सुबिसीले अझै सहकार्य गर्ने घोषणा गरेलगत्तै आएको बताइएको छ । यी सबै कम्पनीले थोरै मोडल बनाउने, उत्पादन सुविधा बाँड्ने र भौगोलिक र प्राविधिक सम्बन्ध प्रगाढ पार्ने प्रतिबद्धता जनाएका हुन् । यो विश्वकै ठूलो कार कम्पनीबीचको सहकार्य हो । नयाँ सहकार्यसँगै यस अघिदेखि नै खराब अवस्थामा गुज्रिरहेको कम्पनीको सेयर मूल्यमा पनि सुधार भएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया