लकडाउनको असरले बालबालिकालाई डिप्रेसनको समस्या देखिनसक्ने
भारत, जेठ २०
हाल कोरोना भाइरसका कारण जारी रहेको लकडाउनका कारण बालबालिका तथा किशोर किशोरीहरु लाई पनि लामो समयसम्म मानसिक असर पर्ने देखिएको छ । अमेरिकामा हालै गरिएको एक अनुसन्धानबाट यो तथ्य पत्ता लागेको समाचारमा जनाइएको छ । हाल कोरोना भाइरसको प्रकोपको नियन्त्रणका लागि भन्दै विश्वका विभिन्न देशमा लकडाउन गरिएको छ ।
यसका कारण बालबालिका तथा किशोर किशोरीहरु घरमा एक्लै बस्नुपर्ने अवस्था आएको छ । यसरी उनीहरुलाई एक्लै छोड्दा अहिले नै र पछि गएर पनि उनीहरुमा एक्लोपना रुचाउने र डिप्रेसनमा पनि जानसक्ने देखिएको हो । बालबालिका तथा किशोरकिशोरीहरुको एक्लोपना र मानसिक अवस्था विषयमा अमेरिकामा सो अनुसन्धान गरिएको हो । अमेरिकाको एक स्वास्थ्यसम्बन्धी जर्नलमा प्रकाशन गरिएको सो लेखमा ४ देखि २१ वर्षसम्मका बालबालिका र किशोर किशोरीहरुमा अनुसन्धान गरिएको थियो ।
यसरी गरिएको यस अध्ययनमा एक्लोपनमा बस्ने किशोरकिशोरीहरुमा अन्य सामान्य अवस्थामा भन्दा तीन गुणा बढी डिप्रेसनको सम्भावना हुने देखिएको छ । अहिलेको यो एक्लोपनाले आगामी कम्तीमा ९ वर्षसम्म उनीहरुमा डिप्रेसनको समस्या ल्याउन सक्ने सो अध्ययनमा देखिएको छ । सो अध्ययनमा अहिलेको कोभिड १९ ले मानिसको मानसिक स्वास्थ्यमा पारेको प्रभावको बारेमा बुझ्न अरु कम्तीमा पनि १० वर्ष लाग्नसक्ने देखिएको पनि बताइएको छ । (रासस–एएनआई)
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- कांग्रेस नेता अफताब आलमलाई जन्मकैदको सजाय
- मुख्यमन्त्री कँडेललाई विश्वासको मत
- आगलागीबाट ७९ घर जले, एकको मृत्यु
- उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान
- डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृतमा डंगोल नियुक्त
- सिटिजन लाइफद्वारा जेन जेड लक्षित कार्यक्रम सञ्चालन
- सय दिनको रोजगारीको लागि १५ हजार बढीको आवेदन
- सूर्य नेपाल काठमाडौं ओपनको दोस्रो दिन दिनेश र भुवन शीर्षस्थानमा
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया