नयाँदिल्ली, जेठ २१
भिडियो कुराकानी तथा बैठक गर्नका लागि चर्चित जुम एपले नयाँ केही विषेशता तथा सेवाहरू थप गरेको छ । विशेषगरी जुममार्फत भएको कुराकानीको गोपनीयतामा प्रश्न उठिरहेका बेला यस एपका सञ्चालकले गोपनीयता सुनिश्चित गर्ने विषेशता थप गरिएको बताएका छन् । ‘जुम एपको सवैभन्दा पछिल्लो भर्सन ५.० मा गोपनीयता, सूचनाको सुरक्षालगायतलाई सुनिश्चित गर्ने विषेशतासहितका सेवाहरू थप गरिएको छ’, अधिकारीहरूले भनेका छन् । त्यसैगरी पासवर्ड, वेबिनार तथा क्लाउड रेकर्डिङ, एडमिन, सेटिङ्ग, बैठकको समयावधिलगायतका विषयमा पनि केही सुधार गरिएको कम्पनीले जनाएको छ ।
विश्वभर कोरोनाभाइरसको संक्रमण फैलिन थालेपछि घरबाटै कुराकानी तथा बैठक, छलफल गर्न तथा सञ्चार माध्यमहरूले अन्तर्वार्ता लिनका लागि जुमको प्रयोग अत्यधिक हुन थालेको छ । तर कतिपय बैठक तथा छलफल गोप्य तथा सुरक्षित हुनुपर्ने भएकाले यसको गोपनीयता र सूचनाको सुरक्षामा प्रश्न उठ्दै आएको थियो । भारतको केन्द्रीय गृह मन्त्रालयले पनि गत अप्रिलमा जुमबाट हुने बैठक गोपनीयताको दृष्टिकोणले सुरक्षित नरहेको भन्दै औपचारिक प्रयोजनका लागि त्यसको प्रयोग नगर्न निर्देशन जारी गरेको थियो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- महिला सशक्तीकरणका लागि सबैको हातेमालो आवश्यक छ : प्रधानमन्त्री
- सभामुख नेतृत्वको दस सदस्यीय प्रतिनिधिमण्डल स्वदेश फिर्ता
- नोबेल पुरस्कार विजेता अर्थशास्त्री डानियलको निधन
- विद्युत् महसुल वृद्धि र आपूर्तिबारे चिन्तन
- बीमाको पहुँच विस्तार र सरकारको दायित्व
- अपराध कर्मले संरक्षण पाउनुहुन्न
- बस्नेत कोशी प्रदेश समन्वय परिषद् सदस्यमा नियुक्त
- ललितपुर इन्टरनेसनल ट्रेड एक्स्पोको तयारी पूरा
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- चिया पसल पनि कम्पनी ?
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
- नेपाली अमेरिका कलाकार सङ्घमा बसन्ती राई
तपाईको प्रतिक्रिया