Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारकोरोना भाइरसबाट विश्वमा ६४ लाख संक्रमित, ३ लाख ७७ हजार बढीको मृत्यु

कोरोना भाइरसबाट विश्वमा ६४ लाख संक्रमित, ३ लाख ७७ हजार बढीको मृत्यु


काठमाडौं, जेठ २१
कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ७७ हजार ७ सय ८९ पुगेको छ भने, संक्रमितको संख्या ६३ लाख ८३ हजार ८ सय २५ पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) आफ्नो दैनिक विज्ञप्तिमा जानकारी दिएको छ । कोरोना भाइरसको कारण बिरामी भएका २९ लाख २० हजार ८ सय ९६ जना निको भएका छन् । विश्वभरमा ३० लाख ८५ हजार १ सय ४० हाल कोरोना भाइरस सक्रमित उपचाररत रहेका छन् । हालसम्म कोरोना भाइरस संक्रमित ५३ हजार ७ सय ८९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनको हुबे प्रान्तको उहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिकालाई अत्यन्त प्रभावित पारेको छ ।

डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र १८ लाख ५९ हजार ५ सय ९७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यस प्रकोपको कारण अमेरिकामा १ लाख ६ हजार ९ सय २७ व्यक्तिको मृत्यु भएको छ । दक्षिणमा अमेरिकामा ९ लाख ७ हजार २२७ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ४१ हजार १ सय २० को मृत्यु भएको छ । युरोपमा २० लाख ४३ हजार ५ सय २२ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने, १ लाख ७४ हजार ८ सय ६० को मृत्यु भएको छ ।एसियामा ११ लाख ७० हजार ९ सय १६ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ३१ हजार ३ सय ८० जनाको मृत्यु भएको छ । अफ्रिकामा १ लाख ५५ हजार ३८ जनामा कोरोना भाइरस संक्रमण रुहेको छ भने, ४ हजार ३ सय ६९ जनाको मृत्यु भएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया