Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारबीपीले १० हजार रोजगारी कटौती गर्ने

बीपीले १० हजार रोजगारी कटौती गर्ने


लन्डन, जेठ २७
तेल कम्पनी बीपीले १० हजार रोजगारी कटौतीको घोषणा गरेको छ । विश्व महामारी कोरोनाभाइरसका कारण मागमा अत्यधिक कमी आएपछि कम्पनीले रोजगारी घटाउने घोषणा गरेको हो । कम्पनीका अनुसार यो वर्षको अन्त्यसम्ममा १५ प्रतिशत कर्मचारी घट्नेछन् । कम्पनीले बेलायतमा कति कर्मचारी हटाउने भनिसकेको छैन । यद्यपि करिब २ हजारको रोजगारी खोसिनसक्नेछ । कम्पनीका प्रमुख कार्यकारी बर्नाड लुनेले तेलको मूल्य घट्नुलाई रोजगारी कटौतीको प्रमुख कारण रहेको दाबी गरेका छन् । कर्मचारीलाई उनले इमेलमार्फत सन्देश पठाउँदै कम्पनीले नाफा कमाउने अवस्थाभन्दा तेलको मूल्य कम रहेको बताएका छन् ।

उनका अनुसार आम्दानीभन्दा खर्च सोचेभन्दा बढी भइरहेको छ । महामारी फैलिएसँगै विश्वभर मानिसहरु घरमै बस्नुपरेको छ । जसले गर्दा विश्व बजारमै तेलको माग शून्यप्रायः छ । त्यसले तेलको मूल्य २० डलर प्रतिब्यारेलसम्म पुगेको छ । यो वर्षको सुरुमा उक्त परिमाणको तेलको मूल्य ६६ डलर थियो । हाल तेलको मूल्य सुधार भएर ४२ डलर प्रतिब्यारेल हाराहारीमा पुगेको छ । बीपीले बेलायतमा मात्रै १५ हजार जनालाई रोजगारी दिएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया