Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारकोरोनाभाइरसबाट पाकिस्तानमा एकै दिन सय जनाको मृत्यु

कोरोनाभाइरसबाट पाकिस्तानमा एकै दिन सय जनाको मृत्यु


इस्लामाबाद, जेठ २८
कोरोनाभाइरसबाट संक्रमित भएका एक सयभन्दा बढी व्यक्तिको पछिल्लो २४ घण्टाको अवधिमा मृत्यु भएको पाकिस्तानी स्वास्थ्य अधिकारीहरुले बताएका छन् । गत मध्यमार्च महिनादेखि जारी आंशिक लकडाउनको अवधिमा भएको मृत्युको यो संख्या सबैभन्दा ठूलो हो । मंगलबारसम्ममा पाकिस्तानमा कोरोनाभाइरसबाट एक लाख ८ हजार ३ सय १६ जना संक्रमित भएका छन् भने कूल मृत्यु हुनेको संख्या दुई हजार १७२ पुगेको छ ।

स्वास्थ्य विज्ञ एवं विपक्षी राजनीतिज्ञहरुले निरन्तर आलोचना गरे पनि प्रधानमन्त्री इमरान खानले लकडाउनका प्रतिबन्धहरु निरन्तर खुकुलो बनाएका छन् । उनले पूर्ण लकडाउनबाट मुलुकको अर्थतन्त्र धराशायी हुने बताउँदै यसबाट २२ करोड पाकिस्तानी जनताको जीवनयापनमा ठूलो संकट आउने चेतावनी दिएका छन् । पाकिस्तानमा गरिबीको स्तर करिब ३० प्रतिशत छ, अर्थात् उनीहरुको दैनिक आय १.९० डलरभन्दा कम छ । पाकिस्तानमा सामाजिक दूरी कायम गर्ने तथा मास्क लगाउनुपर्ने नियम भए पनि धेरैले यसलाई बेवास्ता गरिरहेका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया