Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारदिल्लीका मुख्यमन्त्री केजरीवालको कोभिड–१९ परीक्षण

दिल्लीका मुख्यमन्त्री केजरीवालको कोभिड–१९ परीक्षण


भारत,, जेठ २८
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको मंगलबार कोभिड–१९ परीक्षणका लागि नमूना संकलन भएको छ । आइतबारदेखि हल्का ज्वरो र घाँटी दुख्ने समस्याजस्ता कोभिड–१९ का विरामीसँग मिल्ने लक्षणहरू देखिएपछि केजरीवाल सोमबारदेखि सार्वजनिक कार्यक्रममा सहभागी भएका छैनन् । उनीण् समुदायबाट अलग बसेका छन् ।

आइतबार दिउसो ज्वरो आएपछि ५१ वर्षीय केजरीवालले तत्कालका सार्वजनिक बैठकका कार्यक्रमलाई स्थगित तथा रद्द गरेका थिए । स्वास्थ्य मन्त्रालयका अनुसार दिल्लीमा मंगलबारसम्ममा २९ हजार ९ सय ४३ व्यक्ति कोभिड–१९ बाट संक्रमित भएका छन् भने ८ सय ७४ संक्रमित व्यक्तिको मृत्यु भएको छ । दिल्लीमा उपचारपछि घर फर्किने विरामीको सङ्ख्या ११ हजार ३५७ रहेको छ भने हाल १७ हजार ७१२ संक्रमित व्यक्तिले विभिन्न अस्पतालहरूमा सेवा लिइरहेका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया