Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारआगामी आवको लागि बंगलादेशको बजेट ५६ खर्ब ८० अर्ब

आगामी आवको लागि बंगलादेशको बजेट ५६ खर्ब ८० अर्ब


ढाका, जेठ ३०
दक्षिण एसियाली देश बंगलादेशले आगामी आर्थिक वर्ष २०२०/०२१ को लागि ५६ खर्ब ८० अर्ब टाका (बंगलादेशी मुद्रा)को बजेट ल्याएको छ । अर्थमन्त्री एएचएम मुस्ताफा कमलले बिहीबार ८.२ प्रतिशत आर्थिक वृद्धिदरको महत्वाकांक्षी लक्ष्यसहित उक्त परिमाणको बजेट बंगलादेश्ी संसदमा पेस गरेका हुन् । विश्व अहिले कोरोना महामारीको चपेटामा रहे पनि अर्को वर्ष ठूलो आर्थिक वृद्धि हासिल गर्ने गरी बजेट घोषणा गरिएको हो । सार्वजनिक गरिएको बजेट देशको कुल गार्हस्थ्य उत्पादनको १७.९ प्रतिशत भएको बंगलादेशी मिडियाले जनाएका छन् । अर्थमन्त्री कमलले आर्थिक रुपान्तरण र प्रगतिको बाटोको रुपमा बजेट विनियोजन गरिएको बताए ।

आगामी आवको लागि चालू खर्चतर्फ ३६ खर्ब २८ अर्ब टाका र वार्षिक विकास खर्चतर्फ २० खर्ब ५१ अर्ब टाका विनियोजन गरिएको छ । स्वास्थ्य, कृषि र रोजगारी सिर्जनालाई मुख्य प्राथमिकतामा राखिएको कमलले बताए । नयाँ आवमा १९ खर्ब टाका बजेट घाटा हुने अनुमान गरेको उनले बताए । जुन जीडीपीको कुल ६ प्रतिशत हो । गत वर्ष ५ प्रतिशत बजेट घाटा भएको बताउँदै उनले बजेटमा कुल घाटामध्ये ८ खर्ब टाका बाह्य स्रोतबाट र बैंकिङ क्षेत्रबाट आन्तरिक स्रोतबाट ८ खर्ब ४९ अर्ब टाका बैंकिङ क्षेत्रबाट र गैरबैंकिङ क्षेत्रबाट २ खर्ब ५० अर्ब पूर्ति गर्ने बताए । त्यस्तै, नयाँ आवको लागि ३७ खर्ब ८० अर्ब टाकाको राजस्व संकलन लक्ष्य राखिएको छ । त्यस्तै ३ खर्ब ३० अर्ब गैरकर राजस्व र बाँकी अन्य कर राजस्व संकलनको लक्ष्य राखिएको बताइएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया