Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारविद्युत् आपूर्ति सुधार्न भारतलाई एडीबीको ऋण सहयोग

विद्युत् आपूर्ति सुधार्न भारतलाई एडीबीको ऋण सहयोग


नयादिल्ली । एसियाली विकास बैंक (एडीबी)ले विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख अमेरिकी डलर ऋण दिनेभएको छ । एडीबीले भारतको सिक्किममा विद्युत् वितरण प्रणालीलाई बढावा दिन र विद्युत् आपूर्तिको लचिलोपन बढाउन बिहीबार सो ऋण स्वीकृत गरेको हो ।

एडीबीले २६ वटा विद्युत् सबस्टेसनलाई अप्रेड गर्न र सात सय ७० किलोमिटर जलवायु–लचिलो कन्डक्टर स्थापना गर्नका लागि सो रकम ऋण प्रदान गरेको हो । यस परियोजनाबाट सिक्किमको विद्युत् वितरण प्रणालीलाई उन्नत र आधुनिकीकरण गर्ने विश्वास गरिएको छ ।

परियोजनाबाट नवीकरणीय ऊर्जा प्रणाली स्थापना गरेर र व्यावसायिक सीप सुधार गरेर कम्तीमा एक हजार एक सय महिलाको जीविकोपार्जन बढाउने एडीबीले जनाएको छ ।

परियोजनाले विशेषगरी जाडो महिनामा ग्रामीण स्वास्थ्य सेवा सुविधाहरूको क्षमता बढाउन २४ वटा प्राथमिक स्वास्थ्य सेवा उपकेन्द्रमा सौर्य ऊर्जा प्रणाली र ऊर्जा–कुशल विद्युतीय उपकरणहरू पनि तैनाथ गर्ने एडीबीले जनाएको छ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x